आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छः गगन थापा

प्रकाशित
563
SHARES

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन्। उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन्।

एमसीसी राष्ट्रघाती होइन। यहाँ भ्रम फैलाइएको छ। नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन्। म असली राष्ट्रवादी हो। देशका लागि मर्न तयार छु, उनले भने।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन्। उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन्।

एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए। तेस्तै,प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेको खुशीयालीमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ।

स्ववियू परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीहरुले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन। उनीहरुले वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए।

कार्यक्रममा बोल्दै बस्नेतले एमसीसी परियोजना नेपालको विकासका लागि गेमचेन्जर रहेको बताए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको सदनले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाको एमसीसीले अस्वीकार गरे सम्झौता खारेज हुने प्रतिक्रिया दिएका छन्।

संसदबाट एमसीसी पास भएपछि पत्रकारसँग कुरा गर्दै उनले यसबारे अमेरिकी राजदूत र एमसीसीको प्रतिनिधिबाट सकारात्मक जवाफ आएको प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी गराएको बताए।

नेपालको व्याख्यात्मक घोषणा एमसीसीले नमान्दा सम्झौता खारेज हुने भन्दै उनले प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र एमसीसीका प्रतिनिधिहरुले त्यसको जवाफ दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुनाएको बताए।

उनले इन्डो प्यासिफिक स्ट्राटेजीको अंग नहुने, सैन्य गठबन्धनसँग जोडिएको, अमेरिकाको सुरक्षा नीतिसँग संलग्न भएको, कुनै प्रकारको गठबन्धनको अंग नहुनेसमेत बताए। आफूहरु असंलग्न परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको भन्दै उनले त्यस्तो हुनाले यो त्याग्न नसक्ने बताए।

छिमेकीविरुद्ध कुनै प्रकारको गतिविधि बन्ने आधारको गतिविधिको विरुद्धमा रहेको भन्दै उनले आफूहरु नेपालको संविधानलाई सर्वोच्च भन्दा कुनै पनि कानुन माथि हुन नसक्ने बताए।

प्रतिनिधिससभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गरेको छ। संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै नेपालले संसदबाट एमसीसी परियोजना अनुमोदन गरेको हो।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ।

व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ।

नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दामाथि रहेको, एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र वौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ।

व्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलाप र कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ।

सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपाले विपक्षमा मत दिए।

सभामुखविरुद्ध आन्दोलनमा रहेको एमाले भने मतदान प्रक्रियामा सहभागी भएन। अनुमोदनसँगै सम्झौता अब कार्यान्वयनमा आउनेछ। ३१ महिनादेखि सम्झौता प्रतिनिधि सभामा विचाराधीन थियो।

यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादीले भोलि फागुन १६ गतेका लागि नेपाल बन्दको घोषणा गरेको छ। संसदबाट एमसीसी परियोजना पारित भएसँगै पार्टीले नपाल बन्दको घोषणा गरेको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ताद्धारा जारी भएको विज्ञप्तिमा एमसीसीको विरोधमा खटिएका आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहा गर्नसमेत माग गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ