आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक भोलि नेपाल बन्दको घोषणा, हेर्नुहोस बिस्तृतमा

प्रकाशित
797
SHARES

काठमाडौ। सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला भोलि नेपाल बन्दको आव्हान गरिएको छ।

एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले भोलि नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संचारकेन्द्रलाई बताए । यसबारे आधिकारिक जानकारी दिन केहि बेरमा विज्ञप्ति आउन लागेको उनले बताए।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका हुन्।

यी ५ पार्टी र मोर्चाले एमसीसी संसदमा लैजानुभन्दा पहिलेदेखि नै बिरोध गर्दै आएका छन्। संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौतामाथि आज दिउसोदेखि छलफल चलिरहेको छ। देउवा सरकारले आजै एमसीसी पास गर्ने तयारी समेत गरेको छ।

एमसिसी पारित गर्न दलहरूले ११ बुँदे व्याख्यात्मक टिप्पणीसहितको मस्यौदा तयार पारेका छन्। उक्त मस्यौदाका प्रतिलिपी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूलाई वितरणसमेत गरिएको छ।

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटिएका छन्।

आजै बस्ने मन्त्रिपरिषद्ले यो व्याख्यात्मक सम्झौतालाई संसदमा पेश गर्ने निर्णय गर्नेछ। मन्त्रिपरिषदमा छलफल हुँदा अहिलेको मस्यौदामा केही तलमाथि हुन सक्ने सम्भावना छ। यस्तो छ व्याख्यात्मक घोषणा।

१. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा (alliance) बाँधिएको मानिने छैन भन्ने घोषणा गर्दछ।

२. कम्प्याक्टको दफा २.७, दफा ५.२ (ख) (३), दफा ५.२ (ख) (४) को सम्बन्धमा, कम्प्याक्टको उक्त दफाहरूको उद्देश्य एमसीसी अनुदानको उपयोग सन्दर्भमा मात्र लागू हुन्छ भन्ने बुझाइ नेपालको रहेको छ र उक्त प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविश्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ।

३. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सञ्‍चालन गर्ने क्रियाकलाप नेपालको कानूनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ।

४. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्धमा, कम्प्याक्टको दफा ३.२ (च) अनुसारको बौद्धिक सम्पत्तिमाथि एमसीसीको स्वामित्व रहने छैन र कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरू उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्ने घोषणा गर्दछ ।

५. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा, कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू गरिनेछन् भन्ने घोषणा गर्दछ।
६. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा, एमसीए–नेपालको सबै गतिविधि तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानून बमोजिम महालेखा परीक्षकबाट पनि गरिनेछ भन्ने घोषणा गर्दछ।

७. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा, कम्प्याक्ट वा कम्प्याक्ट अन्तर्गतका गतिविधि/कार्यक्रमहरूले नेपालको कानून वा नीतिहरूको उल्लङ्घन गरेमा नेपालले तीस (३०) दिनको पूर्व लिखित सूचना दिएर कम्प्याक्ट वा एमसीसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहेको घोषणा गर्दछ।

८. कम्प्याक्टको दफा ५.५ (ग) को सम्बन्धमा, कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्य पश्चात् पनि लागू हुने भनिएका प्रावधनहरू बाँकी रहेको एमसीसी अनुदान रकमको उपयोग लगायत कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको मूल्याङ्कन, लेखा परीक्षण र करको फर–फारकको हदसम्म प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ।

९. कम्प्याक्टको दफा ७.१ को सम्बन्धमा, नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ। साथै, कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरू/परियोजनाहरूको कार्यान्वयन नेपालको कानून र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ।

१०. कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा, विद्युत प्रसारण आयोजना (electricity transmission project) लगायतका सबै चल तथा अचल सम्पत्तिहरू, आयोजनासँग सम्बन्धित जग्गाहरू नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहने घोषणा गर्दछ।

११. नेपालले मिति २०७८/५/२३ मा मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट प्राप्त पत्रको सम्बन्धमा, उक्त पत्रमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशनको जवाफले कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने बुझाइ नेपालको रहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ