आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले गरे जिन्दगीको सबैभन्दा ठूलो गल्ती, एमसीसी पास हुदै

प्रकाशित
856
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनकै ठूलो गल्ती गरेको टिप्पणी हुन थालेको छ। जसका कारण माओवादी पार्टीको अस्तित्व नै संकटमा पर्नसक्ने समेत आकलन गर्न थालिएको हो।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा उठेका प्रश्नका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर पास गर्ने निर्णयमा पुगेपछि माओवादी फुट्ने सम्भावना बढेको हो।

प्रचण्डले गठबन्धन जोगाउन यस्तो खालको मध्यमार्गी प्रस्ताव अगाडि बढाएका हुन्। यसमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु सहमत भएका छन्।

तर प्रचण्डले पार्टीमार्फत आधिकारी निर्णय भने गराएका छैनन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ट, देव गुरुङ, लिलामणी पोखरेल लगायतले यसको विरोध गरेका छन्।

उनीहरुले यथास्थितिमा एमसीसी अनुमोदन गरे पार्टी फुट्ने धम्की दिन थालिसकेका छन्। यता नेपाली कांग्रेसले पार्टीबाट निर्णय गराएर ल्याउन दवाव दिएको छ।

पार्टीबाट निर्णय गरेर नआए कुनै पनि बेला गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन्। एमसीसी अनुमोदनको पक्षमा रहेको कांग्रेसले पछिल्लो समय प्रमुख विपक्षी दल एमालेसँग निरन्तर सम्वाद गरेको छ।

शनिबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की एमाले नेताहरुसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए।

एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको निर्णय भएकाले कुनै सहमति नभएको एक नेताले बताए। एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि शुक्रबार विहानदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने गरी सहमतिको विन्दु खोज्न सक्रिय भएका थिए।

उनीहरुले एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन मद्दत गर्ने सन्देश प्रधानमन्त्री देउवालाई पठाएका छन्। शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुले विरोध गर्दै संसद बैठक बहिस्कार गर्ने र ध्वनि मतका आधारमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका थिए।

तर देउवा विश्वस्त हुन सकेनन्। विकल्पका रुपमा एमसीसीबारे प्रश्न उठेका विषयहरुमा व्याख्यात्मक घोषणा गर्ने र सत्तारुढ दलहरुले मतदान गर्ने प्रस्तावमा पनि छलफल भएको थियो।

शनिबार पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गृहकार्य गरे। अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दीको सहयोगमा व्याख्यात्मक घोषणामा केके राख्ने भनेर तयार पारेका छन्, जसबारे शीर्ष नेताहरुलाई ब्रिफिङ भइसकेको छ।

व्याख्यात्मक घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्छ जस्ता विषय राख्ने छलफलमा सहभागी नेताहरुले बताएका छन्।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थितिमा यसबारे छलफल हुनेछ।

दोस्रो तहका नेताहरुले मतदान नै गर्छौ भन्नुभएको छ। तर शीर्ष नेताहले के भन्नुहुन्छ थाहा छैन, सत्तारुढ कांग्रेसका एक नेताले भने, यदि उहाँहरुले पनि व्याख्यात्मक घोषणासँगै मत दिने बताउनुभयो भने दलको औपचारिक निर्णय पर्खिन्छौं।

एकीकृत समाजवादीले आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ। माओवादीले बैठक बोलाउने तयारी गरेको छ। यदि शीर्ष तहमा सहमति जुट्यो र दलगत निर्णय भयो भने व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुन्छ र पाँचदलीय गठबन्धन पनि जोगिने नेताहरु बताउँछन्।

कांग्रेस नेताहरुका अनुसार सत्तारुढ गठबन्धनकै नेताहरुले एमसीसीको पक्षमा मत दिने बताएका कारण एमालेसँग कुनै सहमति भएको छैन। तर माओवादीले एमसीसीको पक्षमा मत दिने निर्णय गरेन भने दुई दलबीच सहमति हुन धेरै समय चाहिँदैन।

नेताहरुका अनुसार एमाले नेतृत्वलाई एमसीसीको पक्षमा उभिन कुनै अप्ठ्यारो छैन । अहिले गठबन्धन टुट्ने, आगामी चुनावमा कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि नहुने भएकाले,

एमाले नेतृत्व एमसीसी संसदबाट अनुमोदन गर्ने गरी कांग्रेससँग सहकार्य गर्न तयार देखिएको छ। एक नेता भन्छन्, ‘माओवादी केन्द्रले भोट नहाल्ने हो भने हाम्रो सबै कुरा टुंगिन्छ। त्यसैले उहाँहरुको निर्णय पर्खिऔं भन्ने भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ