आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मधेशबाट आयो प्रचण्डका लागि ‘आङ् सिरिङ्ग’ हुने खबर

प्रकाशित
712
SHARES

काठमाडौ। सुरुमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्न नदिने अडान लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टेबल गर्न सहमत भए।

एमसीसी टेबल भएपछि फेल गराउने भन्दै हिडेका उनी अहिले व्याख्यात्मक घोषणासहित पास गर्ने भन्दैछन्। प्रचण्ड एमसीसी सम्झौतामा उठेका प्रश्नका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर पास गर्ने निर्णयमा पुगेका हुन्।

उनकै पार्टीका युवा र विद्यार्थी सडकमा छन्। यसको मतलव प्रचण्डले आफ्नो अडानमा टिक्न नसक्ने नेताको छवि बनाएका छन्। यही छविका कारण माओवादी केन्द्रको मद्येश प्रबेश कमिटी प्रचण्डको निर्णयको विपक्षमा उभिएको छ।

मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ। एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागि सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो।

बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसदबाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनबिना समर्थन र संसदबाट पास गर्न सकिँदैन।

एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ।

यो पनि: देउवाले फेरी भेट्न खोजेका थिए, ओलीले मानेनन्, शनिवार बेलुवा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीचको वार्ता भयो । निर्णायक भनिएको वार्ता विना निश्कर्ष टुंगिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा निरास भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । उक्त संवादमा पनि दुई पार्टी निष्कर्षमा पुग्न नसकेको कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ खबर सुनाउँला भन्ने आशा थियो तर, कुरा पुरानै अवस्थामा छ । हामीले प्रतिनिधि सभा सुचारु गरौं, एमसीसी अनुमोदनको दिशामा लैजाऔं भन्ने प्रस्ताव गर्‍यौं,’ कार्कीले भने, ‘उहाँहरूले हाम्रा लागि संसदको द्वार बन्द भएको छ।

त्यो खुलाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो। छलफलमा कांग्रेस नेताहरूले संसद जीवन्त बनाउने जिम्मेवारी प्रमुख प्रतिपक्षको पनि भएको भनेको कार्कीले बताए । ‘संसद खुलाउने तपाईंहरूको पनि दायित्व हो, परिस्थितिको मूल्यांकन गरेर अघि बढौँ भनेका छौं।

कार्कीले भने। दुई पार्टीका नेताहरूले छलफल गरेर सहमति बन्ने अवस्थामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुने तय भएको थियो। तर, लामो समय छलफलमा बसेका दुई दलका नेताहरूबीच निष्कर्ष निस्कन नसक्दा प्रधानमन्त्री देउवा बालकोट गएनन्।

कांग्रेस र एमालेबीच संवादलाई निरन्तरता दिने सहमति भने भएको कार्कीले बताए। बालुवाटारबाट अध्यक्ष ज्यूलाई टेलिफोन आएको थियो, नेकपा एमालेका एक नेताले भने, तर ठोस प्रस्तावविना भेटको कुनै अर्थ छैन भन्दै उहाँले भेटघाटलाई टार्नुभयो।

नेकपा एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई बर्खास्त गर्न पर्ने माग जोडतोडका साथ उठाएको छ। उक्त माग पुरा गर्न नसके सभामुखलाई हटाउन सहयोग गर्न पर्ने एमालेको अडान छ।

एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले समयमै कारवाहीको सूचना टास नगर्दा नेकपा एमाले फुटेको निश्कर्ष निकालेको थियो। तेस्तै,अहिले विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ।

आजको बैठक अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने तय भएको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संस्थागत निर्णय राख्ने स्रोतले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ