आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसको लगातार आक्रमण, राजधानी किभ ९६ घन्टा भित्र ध्वस्त हुने हेर्नुहोस् तस्वीरहरुमा

प्रकाशित
1.5K
SHARES

किभ। युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ। बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ। एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ।

तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ। युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ।

किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन्। रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ। भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन्।

यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ। रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाएका छन् । युक्रेनको लुहान्स्क र डोनेत्स्क प्रान्तलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएपछि पुटिनले यो आदेश दिएका हुन् । युलाई युक्रेनमाथि आक्रमण मानिएको छ ।

अमेरिका र फ्रान्स समेत कैयौं देशहरुले रुसको यो निर्णयको विरोधमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि युक्रेनमा अगाडि बढिरहेको रुसको सेनालाई रोक्न सकिरहेका छैनन्।

किनकि रुससँग पनि ‘भिटो पावर’ छ। सुरक्षा परिषद संयुक्त राष्ट्रसंघका प्रमुख ६ अंगहरुमध्येको एक हो । यो संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली संस्था हो।

यो संस्थामाथि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सुनिश्चित गर्ने र संयुक्त राष्ट्रसंघीय चार्टरमा कुनै पनि परिवर्तनलाई स्वीकृति दिने जिम्मेवारी छ । केही मामिलामा सुरक्षा परिषदले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई बहाल राख्नको लागि प्रतिबन्ध लगाउने वा बल प्रयोग गर्ने जस्ता विकल्प अपनाउन पनि सक्छ ।

सुरक्षा परिषदको अध्यक्षता हरेक महिना परिवर्तन हुन्छ। यो सुरक्षा परिषदका १५ सदस्य देशको नामको सुरुको अक्षरको अंग्रेजीको वर्णानुक्रम अर्थात अल्फाबेटिकल अर्डर अनुसार हस्तान्तरण हुँदै जान्छ।

अहिले रुस यसको अध्यक्ष छ। सुरक्षा परिषदमा ५ स्थायी सदस्य छन् । ती स्थायी सदस्य अमेरिका, रुस, बेलायत, चीन र फ्रान्स हुन्। यीबाहेक अरु १० अस्थायी सदस्य २ वर्षको लागि चुनिन्छन्।

अहिले १० अस्थायी सदस्यहरु भारत, ब्रजिल, अल्बानिया, गेबोन, घाना, आयरल्याण्ड, केन्या, मेक्सिको, नर्वे र युएइ हुन्। यी १० देशमध्ये भारत, आयरल्याण्ड, केन्या, मेक्सिको र नर्वेको कार्यकाल २०२२ को अन्त्यसम्म मात्र छ।

अन्य ५ देशको कार्यकाल २०२३ को अन्त्यमा सकिन्छ। सुरक्षा परिषदका ५ स्थायी सदस्य देशहरुसँग भिटो पावर छ। यो शक्ति निकै अहम हुन्छ । यी ५ वटै देशको सहमति बिना सुरक्षा परिषदले कुनै पनि प्रस्ताव पारित गर्न वा लागू गर्न सक्दैन।

५ देशमध्ये कुनै पनि एक सदस्यले मात्रै प्रस्तावको पिवक्षमा भिटो पावर लगाएमा त्यो प्रस्ताव खारेज हुन्छ।५ स्थायी सदस्यहरु अर्थात अमेरिका, रुस, बेलायत, चीन र फ्रान्सलाई यो भिटो पावर यस आधारमा दिइएको छ,

कि विश्वका यी ५ ठूला शक्तिहरुमध्ये कुनै एक असहमत भएमा शान्ति र सुरक्षाको मुद्दामा सुरक्षा परिषदले प्रस्ताव त पारित गर्छ तर यसलाई साँचो अर्थमा ग्राउण्ड लेभलमा लागू गर्न भने सक्दैन

कुनै पनि मुद्दालाई लिएर कुनै पनि संयुक्त राष्ट्रसंघको सदस्य देशले सुरक्षा परिषदको बैठक बोलाउने माग गर्न सक्छ। त्यसपछि सुरक्षा परिषदका सदस्य १५ देशले बैठक बोलाउने वा नबोलाउने तय गर्छन्।

सुरक्षा परिषदमा कुनै पनि मुद्दालाई लिएर २ किसिमका बैठक बोलाइन्छन्। पहिलो ओपन डिबेट र दोस्रो क्लोज्ड डोर मिटिङ। क्लोज्ड डोर मिटिङ सामान्य बैठकजस्तै हुन्छ तर यो आम मानिसहरुको लागि हुँदैन।

यसमा भिटो पावर भएका ५ स्थायी सदस्य देश मात्र सहभागी हुन्छन्। यो बैठकमा मिडियालाई प्रवेश दिइँदैन। यसको रेकर्ड राखिँदैन तर बैठकपछि एउटा आधिकारिक बयान भने जारी गरिन्छ। ओपन डिबेटमा भने सबै १५ सदस्य देश सहभागी हुन्छन्।

यसमा मिडियाले पनि भाग लिन पाउँछन्। यस क्रममा सबै बयानलाई जारी गरिन्छ। रुसले युक्रेनको डोनाबास क्षेत्रलाई स्वतन्त्र देश घोषित गरिदिएको छ जहाँ अहिले युक्रेनका विद्रोहीहरुको नियन्त्रण छ।

रुसको यो निर्णयविरुद्ध फ्रान्सले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ। फेब्रुअरी महिनाभरी सुरक्षा परिषदको अध्यक्ष रुस हो। रुसले यो बैठकलाई ओपन डिबेट राख्ने अमेरिकी आग्रह स्वीकार गरेको छ।

यद्यपि अमेरिका, फ्रान्स र बेलायतले सुरक्षा परिषदको यो बैठकको माध्यमबाट रुसविरुद्ध केही पनि गर्न सक्दैनन् किनकि स्थायी सदस्य भएको नाताले रुससँग भिटो पावर छ।

यस्तोमा यी देशहरुले रुसविरुद्ध जस्तोसुकै प्रस्ताव ल्याए पनि त्यो प्रस्ताव पारित हुने सम्भावना छैन। यसको कारण हो आफूविरुद्ध आउने कुनै पनि प्रस्तावविरुद्ध रुसले भिटो गरिदिनेछ।

भिटो गरिदिएको स्थितिमा त्यो प्रस्ताव स्वतः खारेज हुनेछ। यसअघिको सुरक्षा परिषदको बैठकमा चीनले कूटनैतिक बयान दिएर रुस र युक्रेनलाई वार्ताको सल्लाह दिएको थियो।

तर, चीन पनि पश्चिमी देशहरुको दुश्मन नै मानिन्छ। यस्तोमा चीनले रुसलाई नै साथ दिने। चीनले छिमेकी रुसविरुद्ध पश्चिमी देशलाई साथ दिने सम्भावना देखिँदैन।

तेस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अबेर राती राष्ट्रका नाममा सम्बोधन गर्दै कैयौं अहम विषयमा टिप्पणी गरे र सम्बोधनपछि उनले एक आदेश पत्रमा हस्ताक्षर गरे।

यो आदेश पत्रका अनुसार रुसी सेना युक्रेनका पृथकतावादी नियन्त्रित क्षेत्र लुहान्स्क र दोनेत्स्कमा प्रवेश गर्नेछन्। रुसी सेनाले त्यहाँ शान्ति कायम गर्ने बताइएको छ।राष्ट्रपति पुटिनले युक्रेनका २ पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई मान्यता दिएका छन्।

यी क्षेत्रको नियन्त्रण रुस समर्थित पृथकतावादीले गर्छन्। यो घोषणा लगत्तै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक चलिरहेको छ। यो बैठकमा अमेरिकाले रुसप्रति आक्रामक टिप्पणी गरेको छ।

अमेरिकाले रुसमाथि मिन्स्क सम्झौताको धज्जी उडाएको आरोप लगाएको छ। युक्रेनमा भइरहेका ताजा घटनाक्रमप्रति चीनले सबै तर्फबाट संयम अपनाउन अपिल गरेको छ। बैठकमा चीनले सबै पक्षले संयम अपनाउँदै अगाडि के गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताएको छ।

चीनले यस्ता कुनै पनि कारवाही गर्नबाट बच्नुपर्नेमा जोड दिएको छ जसले यो संकटलाई अझै उग्र बनाउन सक्छन्। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झांग जूनले चीनले कूटनैतिक समाधानको लागि भइरहेका सबै प्रयासहरुको समर्थन गर्ने बताएका छन्।

यसअघि समाचार एजेन्सी रोयटर्सलाई दिएको एक साक्षत्कारमा एक बरिष्ठ अमेरिकी राजदूतले भनेका थिए ‘हामी त्यतिबेलासम्म कूटनीतिक वार्ता गरिरहन्छौं जबसम्म ट्यांक चल्न सुरु हुँदैन। हेर्नुहोस्  तस्बिरुमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ