आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कहिल्यै बालकोट नजाने गरी फर्किए देउवा

प्रकाशित
540
SHARES

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार अपरान्ह चौथो पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे।

संसद् खुलाउन र एमसीसी अनुमोदन गर्न एमालेको सहयोग माग्दै बालकोट पुगेका देउवा कालो निलो भएर फर्कएका छन्। निर्णायक हुने भनिएको आजको छलफल विना निष्कर्ष सकिएपछि देउवा निरास भएर बालुवाटार फर्किएका हुन्।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए ।

कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए । काँग्रेस एमालेबीच शनिबारको छलफललाई निर्णायक भनिएको थियो।

आइतबारको संसद् बैठक खुल्छ भन्ने ? प्रश्नमा मन्त्री कार्कीले भने, मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन।उनले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताए।

उनले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने बताए। छलफलपछि एमाले महासचिव शंकर पोखरेलले विगत ५÷६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए ।

साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए। दोस्रो संसद्‍मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ।

महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ। कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ। एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् ।

स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले सदनमाछलफल गर्ने वातावरण बनाउनुपर्‍यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने। देउवाले भेटमा ओलीलाई सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए।

तर ओली टसको मन भएनन्। संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ।

शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

तेस्तै, एमसीसी सदनबाट अनुमोदन हुने या नहुने नेकपा एमालेको निर्णयमा भर पर्छ। तर, एमालेको केही सर्त छन्। जसमध्ये माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजी पनि एक हो।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल। एमाले फुट्नु अघि केपी शर्मा ओलीले पार्टी बैठक डाकेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा।

त्यसपछि हस्ताक्षर गरेर सनाखत समेत गर्न जाने १४ सांसदको पद खारेजीको निर्णय गर्दै प्रतिनिधि सभामा निवेदन दर्ता गरेका थिए। तर, सभामुख अग्निप्रसाद सापकोटा सदनमा अनुपस्थित भइदिए। उनले सांसद पद खारेजीको सूचना टाँस गर्न मानेनन्।

विगतमा माओवादी केन्द्रले टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि सांसदबाट पदमुक्त गर्ने निर्णय गरी निवेदन दिंदा सभामुखले सूचना टाँस गरेका थिए।

तर, पार्टी नीतिविपरित गएर हटाएकोमा सूचना टाँस नगरेकोमा एमालेले सभामुखप्रति आक्रोश पोखिरहेको छ। एमाले अध्यक्ष ओलीले माधव नेपालसहित १४ सांसदलाई हटाउने विषयलाई प्रतिष्ठाको विषय बनाएका छन्।

यो मुद्दाको सम्बोधन गर्न तयार हुने वातावरण जस्ले विकास गर्छ उसैसँग मिलेर जाने भनेका छन्। यसको अर्थ अब प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीको समझदारी भएमा माधव नेपालसहित १४ सांसदको पद धरापमा पर्न सक्छ।

सभामुख हटाउने, जेष्ठ सदस्यलाई प्रतिनिधिसभाको अध्यक्षता गर्न लगाउने देखि १४ सांसदको विषयमा पनि निर्णय हुन सक्छ। त्यतिबेला माधव नेपालको सांसद पद नै धरापमा पर्न सक्छ । उनलाई साथ दिने सांसदहरुको पनि पद जान सक्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ