आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित माओबादी नेताको दुर्घटनामा परि निधन

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका चर्चित नेता तथा योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ।

पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए।

मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल भीरबाट खसेको भएपनि घटनाबारे तत्कालै कसैलाई खबर भएको थिएन। वाइसिएल जिल्ला नेता तिलक रुचालले दिएको जानकारीअनुसार अन्य कोही व्यक्ति उनीसँग नभएको हुँदा पौडेलका बारेमा हिजोदेखि कुनै खबर प्राप्त हुन सकेको थिएन

अहिले इन्सपेक्टर पदम थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। थापाले जनाए अनुसार, हिजो साँझ साढे पाँच बजेतिर पुतली बजारबाट पोखरा जाने क्रममा भालु पहाडको सडक बिस्तार भइरहेको खण्डमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको हो।

कच्ची बाटो र पानी परेको बेला भएकोले सडक दुर्घटना नै देखिन्छ। थापाले भने। प्रहरीले अहिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको थापाले बताए।

थापाका अनुसार, पौडेलको शव सडकबाट डेढ सय मिटर तल चट्टानमा अड्किएको अवस्थामा फेला परेको छ भने उनी चढेका बाइक त्योभन्दा ५० मिटर तल खसेको छ। पौडेल फेदीखोला गाउँपालिका निवास हुन्।

तेस्तै,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको बताएका छन्।

माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो,अहिले उही शक्ति एमाले हाबी हुने खतरा देखिएको बताए।

प्रचण्डले भने, एमसीसीको समस्या समाधान होस,गठनबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं। नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौ,जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौ,

जसको भण्डफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ। अहिलेको सत्ता गठबन्धन राष्ट्रियता,संविधान र लोकतन्त्र बचाउन बनेको भन्दै त्यसबेला एमसीसी कहिँ कतै नरहेको प्रचण्डले बताए।

गठबन्धन र सरकार बनिसकेपछि पनि साझा कार्यक्रममा कहिँ कतै एमसीसीको चर्चा नगरिएको उनको भनाइ छ। तेस्तै, सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता कुनै निश्कर्षमा नपुगेरै सकिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरू आआफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निश्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं। तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्‍याउनु भयो, उनले भने ।बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो।

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ