आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले दिए एकाएक राजीनामा, मन्त्रीमंडल समेत् बिघठन

प्रकाशित
4.4K
SHARES

एजेन्सी। काजकस्तानका प्रधानमन्त्री अस्कार मामिनले मुलुकमा तेलको भाउ बढेपछि भएको ठूलो प्रदर्शनपछि राजीनामा दिएका छन्। मध्य एसियाको यो मुलुकमा ग्यासको भाउ बढेसँगै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरिरहेका छन्।

यसैबीच, काजकिस्तानमा दुई सय जनाभन्दा बढी प’क्रा’उ परेका छन्। तेल र विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई प’क्रा’उ गरेको हो। आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको छ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको लगायतका कारणले उनीहरुलाई प’क्रा’उ गरिएको हो, गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ।

तेस्तै, काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गर्नुभएको छ। मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले वुधबार मन्त्रीपरिषद् नै विघटन गर्नु भएको हो।

विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए। उहाँले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गर्नु भएको छ।

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ। हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्नु हुने भएको छ।

आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो। सरकारले घोषणा गरेको संकटकाल यही फेब्रअरी १५ देखि २९ सम्म कायम रहने भएको छ।

तेस्तै, स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन्। सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन्।

तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन्। गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ, राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन्।

उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन्। ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन्।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन्। उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए।

संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए।

गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ। सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,सेन्टर पार्टीका नेता एन्नी लुफले भने। स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ।

प्रतिक्रिया