आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गाँजालाई बैधानिकता दिने सरकारको तयारी

प्रकाशित
274
SHARES

काठमाडौं। सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी खुला गर्ने तयारी थालेको छ। गृहमन्त्रालयले कानुनी बाटो अबलम्वन गरेर गाँजालाई खुला गर्ने तयारी गरेको हो ।

त्यसका लागि गृहमन्त्रालयले कानुन निर्माणको तयारी थालेको छ। गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ ९नियमन० विधेयक २०७८ तयार पारेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।

मन्त्रालयले तयार पारेको विधेयक गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाइसकेका छन् । मन्त्रिपरिषदले स्वीकृत गर्ने गरी अघि बढाएमा त्यो विधेयकका रुपमा संसद जानेछ।

मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ।

त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ। यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ।

लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ, उपसचिव उपाध्यायले भने।

मन्त्रालयले सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो । गाँजाको औषधिय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो।

यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ। काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन्।

मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ। त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ।

राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृह मन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए। त्यही आधारमा गृह मन्त्रालयले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी विधयेक तयार भएको हो।

प्रतिक्रिया