काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्नभन्दा केही अघि छलफललाई त्रिब्रता दिएका थिए। त्यही क्रममा अन्तिम रात नेकपा एकीकृत समाजवादी पार्टी गएका माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई पनि भेटे।
कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा एस पार्टीमा सक्रिय नेता पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा ओलीलाई भेटेर फर्किदा माधवकुमार नेपाललाई ल्याएर आउने बचन दिएका थिए।
उनले ओलीलाई अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै फर्किएका थिए। प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए।
माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न आफूलाई आग्रह गरेको पाण्डेले सुनाए।
उनले भने। हामी माधव नेपालको प्रतिनिधि भएरै तीनवटा प्रस्ताव लिएर गएका थियौं, राति १ बजेसम्म म बालकोटमै थिएँ र त्यसदिन निर्वाचन आयोगमा दल विभाजनका लागि गएको थिइन।
तर, अन्तिममा मैले लौ मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो, अब एकताको लागि वार्ता गर्न तपाईंसँग फेरि आउँछु भनेर हिँडेको हुँ। पहिलो प्रस्ताव थियो माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ताको पत्र भदौ ९ गते दिउँसो १ बजेसम्म संसद सचिवालयमा पठाउने।
त्यसपछि एमाले सम्पूर्णरूपमा जेठ २ मा फर्किने प्रतिबद्धता ओलीले मिडियाबाट बोल्ने अर्को थियो माधव नेपाललाई सम्मानजनक रूपमा पार्टीमा स्पेस दिन कुनै न कुनै परिभाषित जिम्मेवारी उल्लेख गर्ने हस्ताक्षरसहितको पाण्डेले ओलीलाई भनेका थिए।
यी कुरा तपाईंले मान्नुस, माधव नेपाललाई मेरै गाडीमा हालेर ल्याउँछु र विभाजनबाट रोक्छु । तर, अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर,
पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए। मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्तीले पार्टी छाड्ने नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो।
पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने। एमाले विभाजन हुनुमा अध्यक्ष केपी ओलीभन्दा पनि दोस्रो तहका केही नेता र माधव नेपाल पक्षका पनि दोस्रो पुस्ताका दुई तीन जना नेताको भूमिका रहेको आरोपसमेत पाण्डेले लगाए।
पाण्डे एकताको पक्षमा लागेकै कारण दल विभााजनको निवेदनमा उनको हस्ताक्षर थिएन। त्यहीकारण भदौ ९ गते सनाखतका लागि जाँदा निर्वाचन आयोगले उनको सनाखत लिएन।
पाण्डे र राष्ट्रियसभा सदस्य शारदा भट्ट नेकपा एसमा जान पाउँ भनेर अदालत गए। अदालतले उनीहरूलाई नेकपा एस रोजेका आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ।
तर, मुद्दाको फैसला नहुन्जेल उनीहरूमाथि कारवाही गर्नमात्र रोकेको तर उनीहरूको हैसियत साविककै दलको हुने सर्वोच्चकै अधिकारीहरुले बताएका छन्। नेताहरुको मत भने फरक रहेको छ।
तेस्तै,प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको दुई दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका थिए।
बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए।
प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छु बैठकबारे जानकारी दिँदै उनले भने, ‘हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्।
त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नु भयो।’ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताकालागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए ।
धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ।
ओलीले संसद प्रवेको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए। कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी रहेको बताए।
प्रतिक्रिया