आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व राष्ट्रपति हतियार सहित सडकमा निस्किए पछि…

प्रकाशित
2.9K
SHARES

काठमाडौं। रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरेर मानिसहरू बाँचिरहेका छन्।

यही समय पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।

उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। किभको सडकमा भेटिएका पोरोसेन्कोसँग सीएनएनले गरेको अन्तर्वार्ता शुक्रबार प्रशारणमा आएको हो।

सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन्, उनले भने।

राष्ट्रपति पेरोसेन्कोले धेरैजसो युक्रेनी जनताले रुसी राष्ट्रपति पुटिनलाई घृणा गर्ने बताए। उनले लड्नका लागि हरेक युक्रेनी तयार भएपनि हतियारको अभाव रहेको बताए। कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले भने, ”सधैंभरी।

उनले थपे,”पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।

यतिवेला विश्वको ध्यान रुस र युक्रेनको विनासकारी युद्धमा केन्द्रीत छ । विहिवार विहानबाट सुरु भएको युद्ध रोकिने कुनै संकेत देखिएको छैन।बरु थप युद्धले उग्र रुप लिदैछ ।

यसविचमा रुसलाई युरोपका अधिकांस देशले आर्थिक प्रतिवन्ध गलाएका छन् भने युक्रेनको साथ अमेरिकाले छोडिदिएको छ। त्यस्तै, युक्रेनी जनतालाई सरकारले हतियार दिँदै रुसी सेनालाई धपाउन आदेश दिएको छ।

रुस र युक्रेनको द्वन्दले विश्व नै विभाजित हुने चर्चाका विच घटनाक्रमले नयाँ नयाँ रुप दिइरहेको छ। रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ। युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो।

रुसी सेना राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेका युक्रेनको रक्षा मन्त्रालयले बताएको छ। रुसले युक्रेनमाथि बिहीवार आक्रमण सुरु गरेको थियो ।त्यो घोषणापछि रुसी सैनिक विभिन्न भागबाट युक्रेन पसिरहेका छन्।

यसैविच, रुसले युक्रेनको एउटा टापुमा कब्जा जमाएको छ। रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमामा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको हो।

यस्तै, रुसी सेनाको आक्रमण पछि युक्रेनमा रहेकाहरु सुरक्षित ठाउँतर्फ भाग्न थालेका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन्।

त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन्। पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र नै स्थापना गरेको छ।

कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन्। अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।

त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशमा सेनाको परिचालनको आदेश दिएका छन्। उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताएका छन।

युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ।

युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएकोे छ ।रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन्।

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कयौँ नागरिक मेट्रो स्टेसनमा पुगेका छन्। बम आक्रमणबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि मेट्रो स्टेसन खुला राखिएको छ।

त्यस्तै, संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन्। तर, अबस्था भने नियन्त्रण बाहिर गएको छ।

सुरुदेखि नै साथ दिने भनिरहेको अमेरिकाले पनि युक्रेनमा सैन्य सहयोग नगर्ने बताए पछि रुस थप बलियो बन्दै गएको छ। तथापि रुसमा युरोपेली युनियन सहित पश्चीमा राष्ट्रले भने आर्थिक प्रतिवन्द लगाई सकेका छन्।

प्रतिक्रिया