आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्ता लाग्यो पल शाहको अन्तिम लोकेसन, राति साढे १० बजे के गर्दै थिए बालकुमारीमा ?

प्रकाशित
625
SHARES

काठमाडौ। जब’र्जस्ती कर’णीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ।

उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणी मु’द्दामा उजु’री दर्ता गराएकी थिइन्।सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहँुबाट प’क्राउ पु’र्जीसमेत जारी भएको थियो।

पलविरुद्ध उजु’री दर्ता भएको समाचारसँगै उनी फ’रार भएका थिए। प्रहरीका अनुसार समाचार आइसकेपछि पलले आफू बस्दै आएको शान्तिनगर क्षेत्र छाडेका थिए। उनले मोबाइलसमेत स्वीच अफ गरेका थिए।

उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ। उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको छ।

महाशाखाका प्रमुख एसएसपी वसन्त बहादुर कुवँरले आफूहरु पलको खोजीमा लागेको बताए। उनका अनुसार पल घरमा छैनन् भने उनले प्रयोग गर्दै आएका नम्बर अफ छन् ।

प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो। सो समयमा उनले मोवाइल अन गरेका थिए । त्यसयता उनले आफूले प्रयोग गर्दै आएको मोवाइल र नम्बर अफ राखेका छन्।

प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् । तेस्तै, अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन्।

१७ वर्षीया एक गायिकाले बला’त्कारको आरोपको लगाएर प्रहरीमा उ’जुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका छन् ।

पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन्। उनले आफू दो’षी भएमा कानुन बमोजिम स’जाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन्।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो।

साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो। लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजा’य भोग्न तयार छु ।

प्रतिक्रिया