आज : गते

ताजा शिर्षकहरु

ओलीलाई राजनेता हुने अबसर, यो एउटा काम गरे एमाले एक्लैले बहुमत ल्याउने

प्रकाशित
733
SHARES
Nepal's Prime Minister KP Sharma Oli arrives for a meeting with Britain's Prime Minister Theresa May at 10 Downing Street in London on June 11, 2019. AFP/RSS

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ठूलो अबसर प्राप्त भएको छ। अत्यधिक विवादित अमेरिकी सहयोग परियोजना एमसीसीले ओलीको भाग्य चम्काइदिएको हो।

अहिले उनले एमसीसीको पक्षधर नेपाली कांग्रेस र विपक्षी नेकपा माओवादीले फकाइरहेका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सम्पूर्ण माग पुरा गरिदिने बचन दिदै फकाइरहेका छन्।

यता माओवादी अध्यक्ष प्रचण्डले पनि ओलीलाई प्रधानमन्त्री बन्ने सम्मको अफर गरिरहेका छन्। तर ओलीले अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन्।

सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा भोट हाल्दै सरकारबाट बाहिरिने बताएपछि प्रधानमन्त्री देउवाको दाँतबाट पसिना आएको छ।

त्यही भएर देउवा एमालेले राखेका तीन वटा मागहरुमा लचिलो बनेका छन्। एमालेको पहिलो शर्त छ, एमालेले कारवाही गरेका १४ सांसदलाई बर्खास्त गर्न पर्ने। यो मागमा देउवा तयार छन्।

सत्ता सहयात्रीहरु बाटै साथ नपाउँने अवस्था देखेपछि छट्पटीएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँगको संवादलाई तिब्र बनाएपछि प्रचण्ड पनि कस्सिएका हुन्।

सत्तासहयात्री दलहरु नेकपा मओवादी केन्द्र र नेकपा एसले विपक्षमा मत हाल्दा एमसीसी पास गराउँन बहुमत नपुग्ने पक्का छ

यता एमसीसी पास गर्नु पर्छ भन्दै न्वारन देखिको बल लगाएर कुदेका जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बावुराम भट्टराईले आफ्नै पार्टी भित्रको मत पनि एकमत ल्याउँन नसक्ने हिसाब आएको छ।

गठबन्धन भित्रको अर्को दल राष्ट्रिय जनमोर्चाले त एमसीसी खारेजीको माग गर्दै सडक तताएको धेरैनै भइसकेको छ। एमसीसी पास गर्न कुद्ने र फेल गराउँन कुद्ने दुवै पक्षले एमाले र केपी ओलीको मुख ताक्नु पर्ने अवस्था देखिएको छ।

विकसित परिस्थितीले एमालेले एमसीसीको पक्ष लिए पास हुने र विपक्ष लिए फेल हुने अवस्था देखिएको छ।एमसीसीको बल अब केपी ओलीको हातमा पुगेको छ।चर्चित राजनितीक बिश्लेषक डा सुरेन्द्र केसीले पनि अब एमसीसी केपी ओलीको हातमा भएको र उनले जे निर्णय गर्छन् त्यहि हुने बताएका छन्।

सबै नेपाली जनताको आशाको केन्द्र यतिबेला केपी ओली रहेको भन्दै डा. केसीले एमसीसीलाई नो भनेर फकाईदिन ओली समक्ष अनुरोध पनि गरेका छन्। साथै ओलीले एमसीसी फेल गराए देशमा फेरी एमालेले एकल बहुमत ल्याउने उनको विश्लेषण छ।

यता, नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले एमसीसीको बल केपी ओलीको कोटमा पुगेको भन्दै ओलीले एमसीसीको विपक्षमा निर्णय गर्दा यो फेल हुने बताएका छन्।

डा. भण्डारीले एमाले अध्यक्ष ओलीले अब धेरै दाउ नहेरी एमसीसीको विपक्षमा उभिनु पर्ने बताएका हुन्। एमसीसी रोक्दा एमालेले लगाउने गरेको राजनेताको पगरी सबै नेपालीले लगाउने उनको भनाई छ।

युक्रेनमाथि रुसले बमबारुद खसाल्न थालेपछि देउवा सरकार एक्सनमा उत्रिएको छ। नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ

तेस्तै, परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन भनिएको छ।

नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको भन्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गरेको छ। कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने नेपालको भनाइ छ।

संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ, विज्ञप्तिमा भनिएको छ।

साथै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्रविपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया