आज : गते

ताजा शिर्षकहरु

प्रचण्डले गरे सरकारबाट बाहिरिने निर्णय, देउवा तनावमा

प्रकाशित
798
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रको हाई कमाण्ड बैठक सम्पन्न भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारबाट बाहिरिनुपरे पनि बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निश्कर्ष निकालेको छ।

पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धनमा दरार पैदा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि तयारी थालेका छन्। उनले सकेसम्म आफू सत्ता गठबन्धनकै सहयोगमा एमसीसी पास गराउने पक्षमा रहेको बताउँदै आएका छन्।

तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन्। उनीहरुले एमसीसीमा मतदान भए विपक्षमा भोट हाल्ने बताईसकेका छन्।

योसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सँगको सहकार्यको लागि प्रस्ताव गरेका छन्। कांग्रेसले एमालेसँग सहकार्यको गृहकार्य गर्न थालेपछि नेकपा माओवादी केन्द्रले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे छलफल गरेको छ।

माओवादी केन्द्रका एक नेताकाअनुसार तत्काल सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको जनाए। तेस्तै,प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ।

सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो। एमसीसीमा सैद्धान्तिक छलफलः ध्वनीले कि मत बिभाजनका आधारमा ?

प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो रु त्यसको छिनोफानो हुने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन भन्ने बिषयका छिनोफानो आज अपरान्ह बस्ने संसद बैठकले छिनोफानो गर्न लागेको हो।

सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत बिभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकमा सरकारले बिहिवारको संसद स्थगित गराएपछि सो बिषयलाइ महत्वका साथ हेरिएको छ।

मत बिभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहस अघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहिवारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो।

सो योजनाको बारेमा गृहमन्त्री बालकृष्ण खाँडले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन, सभामुख सापकोटाले आफनो पदीय भुमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन्।

जसकाकारण, एमसीसीमा बिबादमा पर्दै आएका सभामुख सापकोटा बिहिवार देखी थप बिबाद र आशंकाको घेरामा थप पर्न गएका छन। माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत बिभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाए पछि सरकारले संसद बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले जनाउँदै आएको छ।

सो योजना सार्वजनिक भए पछि सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार प्रबिद्यि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत बिभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन।

२०४७ साल देखी हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत बिभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न।

कार्कीले वालुवाटारमा बिहिवार साँझ टिप्पणी गरेका थिए। यदी सैद्धान्तिक छलफलमा नै मत बिभाजन गर्न थालियो भने कुनै पनि सरकारले काम गर्न सक्दैन, संसद नै अप्ठयारो अवस्थावाट सद्यैभरी गुज्रन्छ, यो काम गर्नु हुन्न्।

सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत बिभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाई छ।

प्रतिक्रिया