आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि प्रधानमन्त्री बन्दै ओली, प्रचन्डले गरे यस्तो घोषणा

प्रकाशित
655
SHARES

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्।

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।

तर, अमेरिकी नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि दुई नेता आ-आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा जुटेका हुन्।

भेटका क्रममा प्रचण्डले पुनः ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको दाबी छ। उहाँ प्रचण्डको तपाई केपी ओली प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ, भट्टराईले भने।

अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ। तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ।

कांग्रेससँग गठबन्धन गरेर एमालेलाई एमसीसी पारित गर्न त्यति सजिलो नभएको बताउँदै भट्टराईले छलफल भइरेहकाले यसै भन्न नसकिने बताए। कांग्रेससँग बेुलकासम्म कस्तो छलफल हुन्छ।

त्यसै अनुसार गठबन्धन भत्किने वा भत्किनेमा निर्भर हुन्छ होला, भट्टराईले भने।तेस्तै, अमेरिकी सहयोग परियोजना एमसीसी वारपारको अवस्थामा छ। एमसीसीकै कारण सत्तारुढ दल फुटको अवस्थामा पुगेको छ।

एमसीसीबारे प्रष्ट धारणा भए गठबन्धन जोगाउन दोहोरो चरित्रमा देखिएका सत्तारुढ दल र शीर्ष नेतृत्व नै अब भने एमसीसीलाई लिएर सडकदेखि सदनसम्म पूर्ण विपक्षीको कित्तामा उभिएका छन।

राष्ट्रिय मुद्धा बनेको एमसीसीका कारण सदन र सडक निरन्तर दवावमा छ। सत्तारुढ दल सहित एमसीसीको विपक्षीहरु निरन्तर सडक संघर्षमा छन। संसद भवन नजिकैको नयाँ बानेश्वर क्षेत्र आन्दोलन गर्ने थलो बनेको छ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडप हरेक दिन थप अराजक र उग्र बन्दै गएको छ। जसरी पनि एमसीसी खारेज हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ।सत्तामा रहे पनि एमसीसीको विपक्षीमा रहेको दलहरु अब विस्तारै एमसीसी विरुद्ध प्रष्ट रुपमा उभिन थालेका छन।

सडकमा उत्रिएका सत्तारुढ दलकै नेताहरु यथास्थितिमा एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने निर्णयमा पुगेको छ। सदन र सडकबाट मात्र होइन उपलब्ध हरेक मञ्चहरुमा एमसीसी विरुद्ध संघर्ष गर्ने निचोडमा पुगेका छन।

सडकमा नेता कार्यकर्ता उतारेर विरोध गर्ने र सरकारमा पनि बस्ने, गठबन्धन जोगाउन दोहोरो भूमिकामा खेल्दै आएको नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी अब पूर्ण रुपमा एमसीसी विरुद्ध उत्रिएका छन।

सडकमा कार्यकर्ता उतारेर देउवासँग एमसीसीमा भाका सार्दै आएका थिए माधव प्रचण्ड देउवाको पेलानमा पर्दा अन्ततः देउवाको विपक्षी कितमा उभिन बाध्य भएका छन।

दोस्रो तहका नेता, कार्यकर्ताको चेपुवा परेपछि प्रचण्ड माधव अब गठबन्धन नजोगिए पनि एमसीसी भने पास नगर्ने र विपक्षीमा मतदान गर्ने निष्कर्षमा देखिएका छन।

विहिबार प्रतिनिधि सभामा छलफलका लागि अघि सारिएको अन्तिम अवस्थामा माधव प्रचण्डले साथ नदिएपछि देउवाले संसद वैठक स्थगित मात्र गराएन संसद भवनमै एमालेको संसदीय दलको कार्यलयमा ओली सँग आफ्ना निकट नेताहरुबीच छलफल समेत गरे।

पछिल्लो समय शिर्ष नेताहरुको कोठे बैठक तात्तिएको छ। सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु अरु मुद्धामा संगै र एमसीसीमा फरक मत राखेर गठबन्धन अघि बढ्न नसक्ने प्रष्ट पारेका छन।

पटक पटकको भेट र देउवाको प्राथकिमतामा ओली परेपछि जसरी पनि देउवाले ओलीको साथ खोजको प्रष्ट छ। हरेक पटकको भेटमा देउवालाई गठबन्धन छोड्न दवाव दिँदै आएको बताइन्छ। यदि देउवा गठबन्धन छोड्न तयार भए ओलिको साथ मिल्ने निश्चित छ।

प्रतिक्रिया