आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रकाशमान सिंहको अनुहारमा आन्दोलनकारीले गोबर पोतेपछि…

प्रकाशित
4K
SHARES

काठमाडौ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा विगत लामो समयदेखि बानेश्वर क्षेत्र तनावग्रस्त छ। यही एमसीसीका कारण गठबन्धन संकटमा छ भने नेकपा एमालेले धमिलो पानीमा माछा मार्न खोजिरहेको छ।

नेपाली कांग्रेसले एमसीसी जस्ताको तस्तै पास गर्ने भन्दै लभिङ गरिरहेको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

यता लोकतान्त्रीक समाजवादी पार्टीले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। अहिले प्रमुख प्रतिपक्ष नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टीले निर्णय गर्न सकेका छैनन्।

नेपाली कांग्रेसले फेरी अर्को पटक राष्ट्रघात गर्न लागेको भन्दै जनता आन्दोलन गर्दै सडक तताइरहेका छन्। सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका जनबर्गिय संगठनहरुले पनि आन्दोलनको मोर्चा पनि समातिरहेका छन्।

यता विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुईवटा राजनीतिक मोर्चाले शसक्त आन्दोलन गर्दै सडक तताईरहेका छन्। यसरी सडक तताउने क्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह तारो बनेका छन्।

काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंह आन्दोलनकारीको तारो बनेका हुन्। आन्दोलनकारीले उनको तस्वीरमाथि गोबरले पोतेका छन्। मुख र गालामै पर्नेगरी आन्दोलनकारीले गोबर पोतेका हुन्।

विजुलीबजारमा रहेको उनको निर्वाचन कार्यालयबाहिरको बोर्डमा गोबरले पोतिएको हो। गोबर पोतिएको साइन बोर्डका कारण त्यो बाटो हिड्ने जोकोही एक खित्का हाँसेर जाने गरेका छन्।

एमसीसीको मतियार रहेको भन्दै आन्दोलनकारीले गोबर पोतेका हुन्। नेपाली कांग्रेसका प्रभावशाली नेता भएकाले उनको तस्वीरलाई आन्दोलनकारीले तारो बनाएको बुझिएको छ।

तेस्तै, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने विषयमा सहमति भएको छ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ मागेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ।

त्यो विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।यद्यपि संसदलाई खुलाउने विषयमा सहमति भएको उनको भनाई छ।

साथै, संसदलाई प्रभावकारी बनाउने विषयमा निरन्तर छलफल गर्ने सहमति पछि भएको थियो। बैठकमा सहभागी स्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफल सकारात्मक छ। भोली शुक्रबार संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्न एमाले सहमत भएको छ।

बैठकबाट निस्केर पत्रकारसँग कुरा गर्दै कार्कीले ४८ सालदेखिको संसदीय अभ्यासमा सरकारले ल्याएको प्रस्तावलाई सैद्धान्तिक छलफलमा मत विभाजन गरेर लैजाने परम्परा नरहेको बताए।

उनले भने, ‘सरकारको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोली कुनै पनि सरकारको प्रस्तावमा छलफल नहुने परिस्थिति आउने छ। किनभने बहुमत नभइकन सरकार बन्दैन।

बहुमतप्राप्त सरकारले ल्याएको प्रस्तावमा छलफल नभए त्यो संसदको के काम ? प्रतिनिधिसभाको के काम ? त्यसैले भोलीको वैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ।

माओवादी केन्द्रले एमसीसीमा छलफल गर्न मत विभाजन माग्ने तयारी गरेपछि आजको बैठक स्थगित भएको थियो। उनले गहन र सार्थक छलफलबाट एमसीसीलाई निस्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताए।

संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन्।

थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा थप छलफलका लागि जुटेका छन्। कतिपय  नेताहरु भने गठबन्धनमा भुकम्प  एको बताएका छन्।

वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताए।

प्रतिक्रिया