आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव नेकपाले कानुनमन्त्री बडुको घरमा गाड्यो कालो झण्डा

प्रकाशित
645
SHARES

धनगढी। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ।

नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो।

नेकपा विप्लवका दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए।

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा  राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ।

जिल्ला सदरमुकाम खलङ्गादेखि करिब दुई किलोमिटरको दूरीमा रहेको मन्त्री बडुको उक्त घरमा कोही पनि बस्दैनन् तर गृह जिल्ला आएका बेला भने उनी सुरक्षा तैनाथीका साथ उक्त घरमा बस्ने गरेका छन् ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो खलंगामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको छ। तेस्तै,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ। मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ।

कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए।

कांग्रेस महामन्त्री थापाले भने, कि भन्न सक्नुपर्‍यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौं, भूल गर्‍यौं। तेस्तै, आफैंले बनाएको भुमरीमा प्रचण्ड–माधव परेका छन्।

एमसीसी टेबल गर्न हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार अपरान्ह पौने पाँच बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका घाइतेहरूमध्ये माओवादीकै कार्यकर्ता समेत छन्। एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेपछि प्रहरीले लाठी चार्ज गरेका थिए।

अवस्था नियन्त्रणमा लिन प्रहरीले रबरको गोली समेत चलाए। लाठी चार्जबाट ठूलै संख्यामा प्रदर्शनकारी घाइते भएका छन्। प्रचण्ड भने आफ्नै दलका कार्यकर्ता घाइते हुनुको दोष प्रहरी प्रशासनलाई दिएर उम्किन खोजेका छन्।

विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने पहिले नै स्पष्ट गरिसकेको छ’ पार्टी कार्यकर्ता प्रदर्शनमा उत्रनुको पृष्ठभूमिबारे प्रचण्डले लेखेका छन्।

माओवादी केन्द्रले ४ फागुन बिहान संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने र मतदान गर्ने निर्णय गरेको थियो। त्यसै दिनदेखि माओवादी केन्द्रका नेता–कार्यकर्ताले एमसीसीविरुद्ध प्रदर्शन चर्काएका छन्।

अर्का सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका कार्यकर्ता १ फागुनबाटै एमसीसीविरुद्ध सडक प्रदर्शनमा छन्। सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा सहित ६ साना दल र राप्रपाका कार्यकर्ता समेत एमसीसीविरुद्ध आइतबार सडक प्रदर्शनमा निस्किए।

सडकमा जस्तै प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ सांसदहरूबाटै एमसीसीविरुद्ध नाराबाजी गरे। तर सडक र संसदको विरोधका बाबजुत सूचना, प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा एमसीसी पेश गरेका छन्।

एमसीसी पेश हुनुअघि प्रचण्डकै पछाडि उभिएर प्रमुख सचेतक देव गुरूङले एमसीसी पेश नगर्न आग्रह गरेका थिए । एमसीसी पेश भइरहँदा पछिल्ला बेञ्चमा रहेका माओवादी सांसदहरुले उभिएर विरोध जनाए। तर प्रचण्ड मौन बसे।

तर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष भएर आफैंले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालको रिपोर्ट स्वीकारेका प्रचण्डलाई एमसीसी अनुमोदन हुँदाको परिस्थिति पनि सजिलो छैन।

पूर्वप्रधानमन्त्री खनालले तयार पारेको रिपोर्टमा विना संशोधन एमसीसी अगाडि बढाउन नसकिने उल्लेख छ। त्यसबेला प्रधानमन्त्रीका हैसियतमा ओली एमसीसी अनुमोदन गराउने पक्षमा थिए। तर प्रचण्ड र माधव नेपाल विपक्षमा उभिदा चर्किएको मतभेदले नेकपा नै विभाजित भएको थियो।

अहिले तिनै प्रचण्ड र माधव नेपालको उपस्थितिमा एमसीसी प्रतिनिधिसभामा पेश भएको छ। अहिलेकै अवस्थामा एमसीसी अगाडि बढ्दा गठबन्धनमै समस्या आउँछ।

सरकारले पेश गरेको प्रस्ताव संसदमा पारित भए हामी त्यहाँ बसिरहनु हुन्न माओवादी केन्द्रकै एक नेता सत्ता छोड्नुपर्ने तर्क गर्छन्। तर प्रचण्ड र माधव नेपालमा अहिलेसम्म त्यस्तो हिम्मत पनि देखिएको छैन।

प्रतिक्रिया