आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पल शाहलाई फसाउन यसरी बनेको रहेछ मास्टरप्लान, सुन्नुहोस अडियोसहित

प्रकाशित
775
SHARES

काठमाडौँ । नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको आरोप लागेका चर्चित अभिनेता पल शाहले आफुलाई नियोजतरुपमा फसाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अडियो संवादहरुसहित पोष्ट गर्दै शाहले आफ्नै साथी गायक दुर्गेश थापासहित ४ जनाले गायिकालाई प्रयोग गरेर आफुलाई फसाएको बताएका हुन् । उनले आफु दोषी भए कानुन वमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

शाहले आफ्नो साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको बताएका छन् ।

शाहले ‘गायिका सुतिरहेको बेला सिरक ओढाएर जर्बजस्ती गर्न खोजेको’ भन्ने आरोप र ‘२ बर्षअघिदेखि सम्बन्ध रहेको र १ बर्षपछि मात्र अर्को गलफ्रेण्ड छ, घरबेटी र मेनेजरसँग मिलेर मार्न लगायो’ जस्ता कुराहरु गलत भएको दाबी गरेका छन् ।

शाहले आफुलाई फसाएको प्रमाणकोरुपमा गायिका र अन्य व्यक्तिहरुबीच भएको कुराकानीको अडियो क्लिप पनि सार्वजनिक गरेका छन् । उक्त क्लिपमा गायिकालाई विभिन्न व्यक्तिहरुले पल शाहलाई मेसेज गर्न सिकाउदै गरेका छन् ।

‘म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ उनले लेखेका छन् ।

हिजो (बुधबार) शाहविरुद्ध गायिकाको बुबाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती जाहेरी दर्ता गराएका छन् । शाहले ललाईफकाई झुटो प्रेमजालमा फसाएर पटक पटक आफ्नो छोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले उनको खोजी गरिरहेका छन् ।

शाह फरार छन् । केही दिनअघि पल शाह र गायिकाबीचको संवाद भएको, गायिका र अधिकारकर्मीबीच संवाद भएको अडियो सार्वजनिक भएको थियो । सुन्नुहोस साहले सार्वजनिक गरेको अडियो:

प्रतिक्रिया