आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रीहरु बर्खास्त, प्रचण्ड र नेपाल आउट, ओली इन

प्रकाशित
2.3K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पारित गर्न कुनै कसर बाँकी नराख्ने भएका छन्। विषयमा दोहोरो चरित्र देखाएको भन्दै उनले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेका छन्।

सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेको भन्दै कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो।

यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव नेपालको ढुलमुले राजनीति कायम रहे कांग्रेस एमालेसँग निर्णायक रुपमा सत्ता गठबन्धन गर्ने निष्कर्षमा पुगेको छ।

मंगलबार बेलूकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ निर्णायक वार्ता भएको थियो।सोही वार्ताले गठबन्धनबाट प्रचण्ड र माधव नेपाललाई निकालेर एमालेका लागि सरकारको ढोका खुला राख्ने सहमति भएको बालुवाटार स्रोत बताउँछ।

तर बाहिर एमालेले एमसीसी पारित गर्नका लागि सभामुखलाई कारबाही गर्नुपर्ने, माधव नेपालको पार्टीमा गएका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखेको छ।

एमसीसी पारित गर्ने सहमति नगरे मन्त्री बर्खास्तीमा पर्ने: तर भित्री रुपमा केन्द्रमा देउवा सरकारलाई सघाउने र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा तीव्र छलफल भइरहेको बताइएको छ।

केही दिनभित्रै प्रचण्ड र माधव नेपालले गठबन्धन जोगाउने प्रयासस्वरुप देउवासँग एमसीसी पारित गर्ने विषयमा ठोस सहमति नगरे उनीहरुका मन्त्री बर्खास्तीमा पर्नेछन्।

एमालेले चाहेको खण्डमा तत्काल माओवादी र नेकपा समाजवादीका मन्त्रीलाई बर्खास्त गर्न पनि देउवा तयार देखिएका छन्। तर सत्ता गठबन्धनभित्रै र प्रतिपक्षी एमालेसँग देउवा गहन रुपमा छलफलका साथै लिखित सहमति नै खोजिरहेका छन्।

खासगरी एमसीसी पारित गर्ने विषयमा जसले पहिले लिखित सहमति दियो, उसैसँग सत्ता सहयात्रा गर्ने देउवा अन्तिम निष्कर्षमा पुगेका छन्।एमसीसीका विषयमा सत्ता सहयात्री भएर पनि दोहोरो चरित्र देखाएपछि देउवा प्रचण्डसँग क्रुद्ध बनेका छन्।

एमालेसँग छुट्टिएर फेरि एमालेकै शैली देखाएका माधव नेपालसँग पनि देउवा बिच्किएका छन्। प्रचण्ड र माधव नेपाललाई निकाल्ने तयारी: एमसीसीलाई वर्षौदेखि गिजोलेको,

बाहिर राष्ट्रवादको नारा देखाएर अमेरिकासँगको सम्बन्धलाई नै धरापमा पार्ने काम गरेपछि देउवाले प्रचण्ड र माधव नेपाललाई गठबन्धनबाट निकाल्ने तयारी गरेका छन्।

एमसीसीका विषयमा एमालेसँग गठबन्धन गर्नेबित्तिकै प्रचण्ड र माधव नेपाल स्वतः बाहिरिनेछन्। अहिले प्रचण्ड र माधव नेपालको ठाउँमा ओली आउनेछन्।

त्यसरी आगामी चुनावसम्म पनि कांग्रेस र एमाले मिलेर देशभर पकड जमाउने र माओवादीलाई इतिहासकै गम्भीर अस्तित्व संकटमा पार्ने रणनीति छ। अहिले पनि माओवादीको अवस्था देशैभर नाजुक छ।

संगठन अस्तव्यस्त छ। नेता कार्यकर्ताहरु कांग्रेस र एमालेतिर लागेका छन्। प्रचण्ड आफुबाहेक अरुलाई शक्ति दिनै नचाहने प्रवृत्तिले माओवादी आगामी चुनावबाट पत्तासाफ हुने अवस्थामा पुगेको छ।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई बुँदे भद्र सहमति भएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयमा दुई नेताबीच भद्र सहमति भएको हो।

प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीबीच  भद्र सहमति भएको हो। सहमतिमा ओलीले एमसीसी पास गर्न सघाउने र त्यसको बदलामा देउवाले ओलीको माग पुरागरी दिने सहमति भएको छ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पुयाउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ।

उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ। उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ।

एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ, भेटवार्तामा सहभागी एक नेताले भने, ‘फेरि बुधबार छलफल हुन्छ।

भेटवार्ताामा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमाल सहभागी थिए। सरकारको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

नेकपा एमालेले आफूले कारवाही गरेको १४ जना सांसदलाई बर्खास्त गर्न पर्ने माग राख्दै संसद अबरुद्ध गरिरहेको छ। सभामुख अग्नीप्रसाद सापकोटाले कारवाहीको सूचना टाँख गर्न ढिला गरेर पार्टी फुटाउन सहयोग गरेको एमालेको आरोप छ।

एमालेले कि १४ सांसदलाई कारवाहीको सूचना टाँस गर्न पर्ने कि सभामुखले राजीनामा दिन पर्ने माग राखेको छ। सभामुखले कारवाहीका लागि सिफारिस भएको १३ दिनमा सूचना निकालेर कारवाहीको अर्थ नभएको बताएका थिए।

सभामुखले कारवाहीको पत्र दर्ता भएको १५ दिनभित्र सूचना टाँस गर्न पर्ने कानुनी प्रावधान छ। त्यतिबेलासम्म माधवकुमार नेपाल लगायत २३ सांसदहरुले नयाँ पार्टी दर्ता गरिसकेका थिए। समयमै कारवाही सूचना टाँसेको भए एमाले फुटबाट जोगिने एमालेको विश्वास थियो।

प्रतिक्रिया