आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति कार्यालयमा घट्यो नमिठो घटना, सुन्दा पनि अचम्म

प्रकाशित
3.4K
SHARES

काठमाडौं। अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ।

समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो। एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै हुने जिकिर गरिएको छ।

एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको निवेदनमा उल्लेख छ। एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ।

तेस्तै, अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता नेपालको प्रतिनिधिसभामा टेबल भएको छ। यसलाई लागु गर्ने वा फिर्ता पठाउने यसको जिम्मा प्रतिनिधि सभाले गर्नेछ।

यो सम्झौतालाई ध्वनी मतले पास गर्नेकी मतदानबाट टुंलो लगाउने भन्ने विषय विवादित छ। यदी यो सम्झौता अनुमोदनका लागि मतदान नै हुने हो भने नेपाली कांग्रेसका दुई जना सांसदले भोट नहाल्ने भएका छन्।

कांग्रेसका बौद्धिक नेता प्रदिप गिरी र कर्मा घलेले मतदान नगर्ने भएका हुन्। उनीहरु दुबै जना उपचारका लागि देश बाहिर भएकाले मतदानमा सभागी नहुने भएका हुन्।

आइतबार सत्तारुढ दलकै सांसदहरुको विरोधका बीच टेबल भएको एमसीसीबारे १२ फागुनदेखि छलफल सुरु गर्ने तयारी छ। प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच २/३ दिन छलफल गराउने संसद सचिवालयको तयारी छ।

सुरुमा ध्वनि मतबाट पास गर्ने सरकारी तयारी थियो। तर सत्तारुढ माओवादी केन्द्रले विपक्षमा मत दिने बताएकाले मतदानको सम्भावना बढ्दो छ । माओवादीका सांसद गिरिराजमणि पोखरेल भन्छन्, संसदले पास गर्ने भएपछि प्रक्रियामा लैजानुपर्छ।

यो भनेको टेबल गर्नेहरुले औपचारिक बहुमत देखाउनुपर्छ। माओवादीका पूर्व प्रमुख सचेतक समेत रहेका उनी भन्छन्, ध्वनि मतबाट हुन्न, भोटिङ हुनुपर्छ। उनले भने जस्तै माओवादी केन्द्रका सांसदहरुले उभिएर भोटिङ माग गरेको अवस्थामा सभामुखले त्यसलाई अस्वीकार गर्न सक्दैनन्।

त्यो अवस्थामा एमसीसी पास वा फेल भन्ने जे पनि हुनसक्छ । माओवादी केन्द्रका नेताहरुले एमसीसी संसदबाट फेल गराउने रणनीति अनुसार दौडधुप थालेका छन्।

सरकारको नेतृत्व गरेको कांग्रेसले भने सकेसम्म एमालेको समेत साथ खोज्ने, नभए गठबन्धनको समर्थनमा एमसीसी पास गराउन चाहेको छ ।संसदको सबभन्दा ठूलो दल एमालेका ९८ सांसद छन्।

तर माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदहरुले २३ भदौदेखि नाराबाजी गर्दै आएका छन् । संसद बैठकको नियमित प्रक्रियामा भाग लिएका छैनन्।

६१ सांसद भएको कांग्रेस र १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा एमसीसीको पक्षमा छ। ४९ सांसद भएको माओवादी केन्द्र, १–१ सासद भएको नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा विपक्षमा छ।

२४ सांसद भएको एकीकृत समाजवादी र १९ सांसद भएको जनता समाजवादी पार्टीले निर्णय गरेको छैन। एकीकृत समाजवादीको सोमबार बोलाइएको सचिवालय बैठक बस्न सकेन भने जसपाले १३ फागुनको कार्यकारिणी समितिको बैठक बोलाएको छ।

जसपामा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पक्ष पनि एमसीसी अनुमोदनको पक्षमा देखिन्छ। बालुवाटार निकट स्रोतका अनुसार अहिलेसम्म एमसीसीको पक्षमा ८२ मत देखिएको छ। कांग्रेसको ६१ सांसद भएपनि प्रदीप गिरी र कर्मा घले उपचारका लागि देश बाहिर छन्।

लोसपाका १३ र जसपाको भट्टराई पक्षका १० सांसदले मत जोड्दा पनि एमसीसीको पक्षमा जम्मा ८२ मत पुग्छ। एमसीसीको विपक्षमा माओवादीका ४९ र साना दलका ३, नेकपा एमालेका भीम रावल गरी ५३ मत छ।

यदि एकीकृत समाजवादीका २४ र जसपाको ९ पक्षमा गएका बाहेक सांसद जोड्ने हो भने एमसीसीको विपक्षमा ८६ मत हुन्छ ।अर्थात एमसीसी संसदमा टेबल भयो, पास फेलको निर्णय निकै झिनो मतले हुनसक्छ।

त्यसलाई बुझेका सत्तारुढ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘एमसीसी के हुन्छ भन्ने धेरै हदसम्म एकीकृत समाजवादीको निर्णयमा भर पर्छ। तेस्तै एमसीसीको पक्षमा बोल्ने गगन थापा, प्रकाशशरण र ज्ञानेन्द्रबहादुरको ज्यान खतरामा  परेको छ।

सरकारले नेपाली कांग्रेसका तीनजना नेताहरूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै सुरक्षा बढाएको छ। कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले ज्यान नै जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो।

एमसीसी संसद् टेबल भइसकेको छ। एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन्।

केही दिनअघि मात्रै नयाँ बानेश्वरमा प्रहरी र प्रदशनकारीबीच झडप समेत भएको थियो। एक उच्च प्रहरी अधिकारीले भने, थापा, कार्की र महत एमसीसीको पक्षमा बोल्दै आउनुभएको छ।

यस्तोमा प्रदर्शनकारीबाट उहाँहरूमाथि आक्रमण हुन सक्ने सम्भावना रहन्छ।त्यसैले उहाँहरूको सुरक्षालाई ध्यान दिएका छौँ। उहाँहरू सहभागी कार्यक्रममा पनि विगतभन्दा बढी प्रहरी खटाइरहेका छौँ।

महामन्त्री थापाले एमसीसीको विरोध पनि गर्ने र सरकारमा पनि बसिरहने माओवादी प्रवृत्तिको निरन्तर आलोचना गर्दै आएका छन् ।गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू व्यक्तिको सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया