आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली चढेको गाडीमा एकाएक आक्रमण, के छ अबस्था ?

प्रकाशित
1.5K
SHARES

काठमाडौ। गृह मन्त्रालयले आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गाडीमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको देखिएको भन्दै ध्यानकर्षण भएको जनाएको छ।

मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेको जनाएको छ। एमसीसीको विरोधका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सवार गाडीमा आइतबार ढुंगा प्रहार भएको थियो।

मन्त्रालयले प्रदर्शनको नाममा सामाजिक जीवनलाई अवरोध पुर्याउने कामहरु भएको भन्दै यसै क्रममा सांसदहरुलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएकाले त्यस्ता कार्य नगर्न सचेत गराएको छ।

यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन्। साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ।

गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ। गृहले सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको बताएको छ।

संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शन प्रति नेपाल सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको भन्दै मन्त्रालयले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने।

र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा ,याउने कार्य नगरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ। विज्ञप्तिमा सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको पनि उल्लेख गरिएको छ।

साँझ प्रधानमन्त्री देउवा र ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए।

भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने स्पष्ट पारेका थिए ।

भेटवार्ता नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन्।

एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका हुन्। तेस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन्।

एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई धेट्न बुधबार विहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन्।गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो।

एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भने, अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो।

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ। सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ।

बाँकी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन्।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ। कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन। हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं, एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने।

प्रतिक्रिया