आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस नेता गगन थापाको यस्तो घोषणाले राजनीतिमा उथलपुथल

प्रकाशित
711
SHARES

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। फेरि राजनीतिमा उथल पुथल मचिएको छ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागीभइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भने। उनले कांग्रेश अब सबै भन्दा ठुलो पार्टी बन्ने पनि बताए।

उनले भने, सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ ।तरसँगै जान्छौ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेरसँगै बसौं।

फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन। हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे।

एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए। उनले भने, यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ।

सिङ्गो पार्टी एमसिसीका पक्षमा छ। तेस्तै, एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए।

गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत वा आफैं पुगेर प्रयास जारी राखेका छन्।

केही दिन अघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए। बालकोट निकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए।

ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए। प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछु बालकोट निकट स्रोतले भन्यो।

अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो। देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने जिम्मा आफूहरुको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने ओलीको भनाइ थियो। एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पूर्‍याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

तेस्तै, सत्तागठबन्धनको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रचण्डसँगको भेटवार्तामा उनले गठबन्धनमा असर नपुग्ने गरी निर्णय लिन र एमसिसीलाई सकारात्मक ढंगले टुंग्याउन आग्रह गरेका थिए। जवाफमा प्रचण्डले गठबन्धन बच्ने आश्वासन दिए । पौडेलले जसपा अध्यक्ष यादवसँग पनि एमसिसी र देशको परिस्थितिबारे छलफल भएको बताए।

यादवले गठबन्धनको विषयमा आफू सकारात्मक रहेको, तर एमसिसीको विषयमा छलफल गरेर निर्णय लिने जवाफ पौडेललाई दिएका छन्।संसदमा पेस भएको एमसिसीलाई प्रक्रियामार्फत टुंग्याउँदै सत्तागठबन्धनलाई सुरक्षित बनाउन शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ।

आ–आफ्नो अडानमा रहेका गठबन्धनका दलहरूको ‘प्रतिष्ठा’ जोगिने गरी एमसिसी पास गर्ने मध्यमार्गी विकल्पको खोजीमा नेताहरू छन्। यसो हुँदा गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजान सकिने उनीहरूको विश्वास छ।

यद्यपि, मतदानपूर्वसम्म हुने राजनीतिक घटनाक्रमले गठबन्धनको भविष्य तय गर्नेछ। सरकारको नेतृत्व गरिरहेको कांग्रेस यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा छ भने माओवादी, एकीकृत समाजवादी र जसपा परिमार्जनविना पास गर्न नसकिने अडानमा छन्।

प्रमुख प्रतिपक्षी एमाले एमसिसीबारे अझै मौन छ। जसका कारण सदनबाट अनुमोदन हुने–नहुने अझै अनिश्चित छ। सँगसँगै गठबन्धनको भविष्य पनि अन्योलमा छ। एमसिसी प्रस्तावमाथि छलफलका लागि १२ फागुनमा संसद् बैठक बस्दै छ।

सत्तागठबन्धनको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन्। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा पौडेलले गठबन्धनमा असर नपुग्ने गरी निर्णय लिन र एमसिसीलाई सकारात्मक ढंगले टुंग्याउन आग्रह गरेका थिए।

जवाफमा प्रचण्डले गठबन्धन बच्ने आश्वासन दिएका छन्। उहाँले गठबन्धन बचाउनुप¥यो, एमसिसीको पनि काम हुनुप¥यो भन्नुभयो, प्रचण्डले भने, मैले गठबन्धन बच्छ र एमसिसी पनि प्रक्रियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ। एमसिसी संसद्मा टेबुल हुँदासम्म दोहोरो भूमिका खेलेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ।

नेताहरूको संवाद रहेका पौडेलले दलहरूबीच समान धारणा बने एमसिसी पनि सहज हुने बताए। प्रचण्डसँगको भेटपछि उनले गठबन्धन नटुट्ने विश्वास व्यक्त गरे। मलाई विश्वास छ, गठबन्धन टुट्दैन, एमसिसी पनि टुंगिन्छ, पौडेलले भने।

जसपा अध्यक्ष यादवसँग पनि एमसिसी र देशको परिस्थितिबारे छलफल भएको नेता पौडेलले बताए। एमसिसीबारे सैद्धान्तिक रूपमा हाम्रोबीचमा मतभेद केही देखिएन, तर केही प्राविधिक विषय पनि छन्, उनले भने।

यादवले गठबन्धनको विषयमा आफू सकारात्मक रहेको, तर एमसिसीको विषयमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन्। जसपाभित्र पहिलेदेखि नै एमसिसीका विषयमा एकमत छैन। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत केही सांसद एमसिसीको पक्षमा खुलेरै लागेका छन्।

माओवादी, एकीकृत समाजवादी र जसपाको जोड एमसिसीबारे सकभर राष्ट्रिय सहमतिको खोजी गर्ने, परिमार्जन गर्ने नभए एमसिसी सुरक्षा रणनीतिको अंग होइन भन्ने अमेरिकाबाट स्पष्ट पत्राचार, संसदीय समितिमार्फत अध्ययन, सदनमा व्यापक छलफल र त्यसपछि मात्रै संसद्मा मतदानमा जानुपर्ने छ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्रै एमसिसी अनुमोदन गर्नेछ ।गठबन्धनकै दलहरू अझै एक–अर्कामाथि दबाब बनाउने रणनीतिमा पनि छन्। माओवादीले संसद्मा टेबुल भएको एमसिसी प्रस्तावको विरोध गरेको छ भने प्रक्रिया सुरु भए विपक्षमा मतदान गर्ने अडान राख्दै आएको छ।

एकीकृत समाजवादीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने विषयमा तत्काल कुनै पनि निर्णय नगर्ने निष्कर्ष निकालेको छ। कांग्रेसले भने एमसिसी निर्णयार्थ संसद्मा पेस हुने वेलासम्म सत्तारुढ गठबन्धनका दलहरूले लिने निर्णयका आधारमा मात्रै गठबन्धनको भविष्य तय हुने बताएको छ।

प्रतिक्रिया