आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको दोहोरो चरित्रले देश नै संकटमा

प्रकाशित
390
SHARES

काठमाडौं। तत्कालिन नेकपामा रहँदादेखि नै दोहोरो चरित्र देखाउँदै आएका प्रचण्डका लागि यतिबेला एमसीसीघाँटीमा अड्किएको तातो आलु बराबर भएको छ। उनी न निल्न सक्छन्, न ओकल्न सक्छन्।

पार्टी फुटाउँदा प्रचण्डको साथ पाएका माधव नेपाल पनि प्रचण्ड जुनसुकै बेला ओलीसँग मिल्ने डरले देउवालाई एकमात्र विकल्प ठानिरहेका छन्।ओलीले दलको मान्यता नदिएको पार्टी जोगाउन मात्रै होइन एमालेका नेता कार्यकर्ता तान्नका लागि पनि नेपाललाई सत्तामा रहन आवश्यक छ।

परिस्थितिअनुसार आफु र पार्टीलाई ढाल्न माहिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेएमसीसीमा अनेक रुप प्रदर्शन गरे।आइतबारै बिहानै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हँ म अँ’ मिलाएर सहमति जनाएका उनी सदनमा चुपचाप बसेँ ।

प्रचण्डको मौनताकै कारण देउवालाई संसद्मा एमसीसी टेबल गर्न सहज भयो। जब उनी सदनबाट बाहिरीए फेरि एमसीसीका विपक्षमा रहेको भन्दै सन्देश प्रवाह गरे। मुलतः एमसीसी संसद्मा पेश गर्ने दायित्व अर्थमन्त्रीलाई थियो।

तर प्रचण्डको चलाखीले अर्थमन्त्री जनार्दन शर्मा संसद्मै उपस्थित भएनन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गर्दा प्रचण्डको अर्को चलाखले जनतालाई नराम्ररी झुक्यायो।

आफुले समर्थन गरेको विषयमा प्रमुख सचेतक देव गुरुङलाई पार्टीको तर्फबाट सदनमै विरोध गर्न लगाए। त्यसअघि नै प्रचण्डले अर्को चलाखी गरि भ्याएका थिए। सधैं सत्ता गठबन्धनको बैठकमा आफुसँगै लिएर जाने नारायणकाजी श्रेष्ठलाई आइतबार प्रचण्डले छुटाएका थिए।

किनकि श्रेष्ठले गठबन्धनका बैठकदेखि सामाजिक सञ्जालमार्फत कुनै पनि हालतमा एमसीसी संसद्मा लैजान नहुने बताउँदै आएका थिए। अहिले प्रचण्डको निषेधमा परेपनि श्रेष्ठ पार्टीले तत्काल सरकार र गठबन्धन छोड्नुपर्ने मत राखिरहेका छन्।

प्रचण्डको चलाखीले कतिसम्म काम गरेको थियो भने यसअघि ‘ज्यान जाला तर एमसीसी टेबल गर्दिन’ भनेका सभामुखसमेत आइतबार एकाएक यु–टर्न भए। प्रचण्डकै योजना मुताविक सभामुखले एमसीसी टेबल गर्ने कार्यसूचीको निर्णय सुनाए।

पार्टी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई विज्ञप्ती नै निकाल्न लगाएर देउवाको विरोध जनाए र नेता कार्यकर्ताका आँखामा छारो भरिदिए। दोहोरो अनि फोहरी चरित्र संसद्मा मात्रै देखिएन्।

सडकमा टायर बाल्ने,प्रहरीमाथि ढुंगामुडा हान्ने, टाउका फुटाउने पनि सबैभन्दा धेरै माओवादीकै नेता कार्यकर्ता थिए। यतिसम्मको दोहोरो भूमिका खेलेर सडकदेखि सदनसम्म झुक्याउने प्रचण्ड जस्तै अर्का खप्पिस पात्र छन् माधवकुमार नेपाल।

गठबन्धनमा ओके भनेर सदन छिरेका उनी बाहिरीदा एमसीसीमा हाम्रो समर्थन हुन्न भन्दै निस्किए। प्रचण्ड–माधव एमसीसीको विपक्षमा हो भने, सदनमै उभिएर यसको विरोध गर्नुपथ्र्यो।

नभए ओलीलाई सत्ताबाट निकाल्दा जसरी सडकमा पलेटी कसेर विरोध गरेका थिए, त्यसैगरि सडकमा आउँदा जनताको पनि समर्थन पाउन सक्थे।तर संसोधन नभई पास हुँदैन भन्ने फण्डा फालेर जनता झुक्याउने काम गरिरहेका छन्।

किनकि एमसीसी संसोधन हुँदैन भनेर अमेरिकाले दर्जनभन्दा बढी पटक स्पष्ट पारिसकेको छ। अब उनीहरुले एमसीसी टेबल भएपनि भोट हालिन्न भन्ने भ्रम छरिरहेका छन्।

तर देउवाको बलमिच्चाईमा एमसीसी टेबल भइसक्दासमेत सरकार र गठबन्धन छोड्ने आँट गरेका छैनन्। फलतः यीनीहरुको द्वैद्यचरित्रकै फाइदा उठाएर नेपाली काँग्रेस ढुक्क भएर एमसीसी पास गर्ने वातारण बनाइरहेको छ।

एमसीसीका कट्टर विरोधीझलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग संगठित शक्ति नभएपनि यो विचार बोक्नेनेताहरुको समूह पार्टीमा बलियो छ।यसैकारण पहिले गठबन्धन फुट्ने कि पार्टी भन्ने प्रश्न पनि देखिन्छ।

यसले देउवासँगको यात्रातय गर्न माधव–प्रचण्डलाई पार्टीभित्रकै सन्तुलन नमिल्दा धक्का पुग्न सक्छ। तर दोहोरो भूमिकामा रहेका माधव–प्रचण्ड आफुलाई अनुकुल बनाउन जुनसुकै बेला जोसँग पनि फड्को मार्ने सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया