आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले पाए एसियाकै सबैभन्दा ठूलो पुरस्कार

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार प्रदाप्त गरेका छन्। उनले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पदक मेधावी योगदान’प्राप्त गरेका हुन्।

आज समापन भएको विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत् बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै,

उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए। ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली हुन्। साथै यस वर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ।

ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासोका रुपमा लिई स्काउट अभियानलाई देशैभरि विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए।

नेपाल स्काउट ऐन, २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ। पूर्वप्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्यहरु बताउँछन्।

प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रम नै सुरु गरेका थिए ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७ सय ५३ वटै स्थानीय तहमा विस्तार भएको छ।

देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य पनि धमाधम भइरहेको छ। यही उपलब्धिलाई ओलीको मुख्य योगदान बताउँदै विश्व स्काउट एसिया प्रशान्त क्षेत्रले मेधावी योगदान पदकबाट विभूषित गरेको हो।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन थालेका छन् । उनले ओलीले भनेका सबै कुरा पुरा गरिदिने वचन दिएर अगाडी बढेका छन्।

उनले ओलीलाई प्रधानमन्त्री बनाउने सम्मको आश्वासन दिएको श्रोतको दावि छ। कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागि परेका देउवाले ओलीले मागेको सबै कुरा मान्न तयार भएको भन्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग यस्तो प्रस्ताव पठाएका हुन्।

यदी ओलीले नमाने पनि अमेरिकाका अगाडी आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन्। एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण समर्थन चाहिन्छ।

तर, जसपाको डा. बाबुराम भट्टराई पक्षधरबाहेक उनलाई समर्थन छैन। टेबल गर्न सम्म प्रचण्ड लचिलो भएका छन्। माधवकुमार नेपालले टेबल गर्ने पक्षमै निर्णय गराउन सके। तर, झलनाथ खनालको विमति चुनौती बन्न थालेको छ।

प्रचण्ड एमसीसी टेबल गराउने वातावरण मिलाउन बढ्दा आफ्ना कार्यकर्तालाई विरोधमा उतारिरहेका थिए। उनले कुनै हालतमा एमसीसीको पक्षमा मतदान नगर्ने बताइसकेका छन्।

एमसीसीबारे निर्णायक मतदान हुँदा माओवादी सांसदहरु अनुपस्थित हुने सम्भावना छ। टेबल गर्दा अर्थमन्त्री जर्नादन शर्मा अनुपस्थित भएर त्यस्तो संकेत गरेका छन्।

माओवादी अनुपस्थित भएमा नेकपा एसका सांसदहरुले मतदान गर्ने सम्भावना पनि छ। तर, सबै नेकपा एसका सांसद पक्षमा छैनन्। जसपाका १८ सांसद सबै मतदानमा भाग नलिने सम्भावना पनि छ।

काँग्रेसको ६१, नेकपा एसको २३, जसपाको १८ गरी १०३ सांसद संख्या हुन्छ। यी सबैले मतदान गरेमा उपस्थित संख्याको बहुमत हुने आधार बन्छ। त्यसका लागि माओवादीका ४८ सांसद अनुपस्थित हुनुपर्नेछ।

नेकपा एमालेका ९७ सांसद छन्। उनीहरु सबै उपस्थित भएर मतदानमा भाग नलिए देउवाका लागि चुनौती बन्न सक्छ। माओवादीका सांसद उपस्थित भएर मतदानको विपक्ष या कतै पनि मत दिएनन् भने पनि बहुमत पुग्न मुश्किल हुन्छ।

त्यस्तो अवस्थामा देउवाका लागि नेकपा एमालेसँग राजनीतिक लेनदेन गरेर एमसीसीका लागि बढ्नुको विकल्प हुँदैन। देउवाले ओलीसँग राजनीतिक लेनदेन गरेर भएपनि एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन्।

तर, कुनै महत्वपूर्ण रणनीतिक लाभ हुने अवस्थामा मात्र ओली सहमत हुनसक्छन्। उनी सभामुखको बर्हिगमन चाहिरहेका छन्। त्यसमा देउवा सहमत भएमा घटनाक्रम फरक ढंगले विकास हुनसक्छ।

ओलीले आफूले कारवाही गरेका १४ सांसदलाई बर्खास्त गर्नु पर्ने, सभामुख अग्नीप्रसाद सापाकोटालाई महाअभियाग लगाउन पर्ने र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराविरुद्धको महाअभियोग फिर्ता हुन पर्ने माग राखेका छन्।

यी माग पुरा भए कांग्रेससँग सत्ता साँझेदार गर्न तयार रहेको भन्दै जवाफ पठाएको ओली निकट श्रोतको भनाई छ। यस्तो खबर बहिरिएछि राजनीति फेरि एकाएक तरंगित भएको छ।

प्रतिक्रिया