आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सीडीओले सार्वजनिक रुपमै गायिका रचना रिमाललाई ‘आई लभ यू’ भनेपछि…

प्रकाशित
1.6K
SHARES

काठमाडौ। प्रमुख जिल्ला अधिकारी सीडीओले सार्वजनिक रुपमै गायिका रचना रिमाललाई ‘आई लभ यू’ भनेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक आईडीबाट सामाजिक संजालमा लाइभ बसेकी रिमाललाई ‘आई लभ यू’ भनिएको हो।

सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि, प्रशासन कार्यका साथै महत्वपूर्ण सूचना समेत सम्प्रेषण गर्ने यो आइडी प्रमुख जिल्ला अधिकारीको रुपमा विश्वराज मरासेनी आएपछि दुरुपयोग हुँदै आएको यो।

सीडीओ मरासेनी जिल्लाको नेतृत्व गरेर आएसँगै बिभिन्न व्यक्तिका स्ट्याटस तथा कमेन्टमा जनाइएका प्रतिक्रियाका कारण यो आइडी विवादित छ।पछिल्लो समय चर्चित गायीका रचना रिमालले यही फेब्रुअरी १३ अर्थात् फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे,

जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट ‘आइ लभ यु’ भन्ने कमेन्ट गरिएको हो। गायिका रिमालको फेसबुक लाइभमा राति ९ बजे यस्तो खालको कमेन्ट गरिएको देख्न सकिन्छ।

त्यही कमेन्ट अहिले अछामका अधिकांश युवाहरूले ट्रोल बनाई रहेका छन्। धेरैले यो आइडी चलाउने व्यक्तिले मदिरा सेवन गरि कमेन्ट गरेको आशंका गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मरासैनीले यो आईडी कार्यालयको आधिकारिक रहेको पुष्टि गरेका छन्। हामी यो आईडी कसले चलाईरहेको छ अनुसन्धान गरिरहेका छौँ। उनले भने, हाम्रो कार्यालय भन्दा बाहिर रहेका केही व्यक्तिले चलाएको पनि हुन सक्छ।

सामान्यतया यस्ता समाजिक संजाल कार्यालय प्रमुखको नियन्त्रणमै हुन्छन्। कार्यालय प्रमुख वा कार्यालयका प्राबिधिक फाँटका कर्मचारीले कार्यालय प्रमुखको अनुमतिमा चलाउने चलन छ। यदी कसैले अनुमति विना चलाएको भएपनि त्यो कार्यालय प्रमुखकै जिम्मेवारी हो।

यसको सम्पूर्ण जस–अबजस सीडीओ मरासैनीले लिन पर्छ। कमेन्ट गरेको ९ दिन वितिसक्दा पनि कसले दुरुपयोग गरेको हो भनेर पत्ता लगाउन नसक्नु स्वयम सीडियोकै पनि कमजोरी हो। जिल्ला प्रशासन कार्यालयले चाहायो भने एक घण्टामै सत्यतथ्य बाहिर ल्याउन सक्छ।

आफ्नै सामाजिक संजाल दुरुपयोग भएर कार्यालयकै बदनाम हुँदा त अनुसन्धान गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई कस्तो शान्तिसुरक्षा देला ? सर्वसाधारणले गम्भीर प्रश्न उठाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ