आज : गते

ताजा शिर्षकहरु

भारत-इन्डियाको नाम फेरियो, यस्तो छ नयाँ नाम

प्रकाशित
10.9K
SHARES

काठमाडौं। भारतमा केही समयदेखि मुस्लिमहरुको पहिरन ‘हिजाब’का कारण विवाद चर्किएको छ। यो विवादमा सिख फर जस्टिस नामक संगठनका प्रमुख गुरपरवंत सिंह पन्नुले मुस्लिमहरुलाई भारत फुटाउन आह्वान गरेका छन्।

भारतले किख फर जस्टिस नामक यो संगठनलाई आतंकवादी संगठन घोषित गरेर प्रतिबन्ध लगाएको छ। पन्नुले भारतका मुस्लिमको नाममा एउटा भिडियो जारी गरेका छन्।

यो भिडियोमा उनले मुस्लिमहरुलाई हिजाब अभियान सुरु गर्न र आफ्नो लागि छुट्टै देश उर्दिस्तान बनाउन आह्वान गरेका छन्। उनले आफ्नो संगठन पनि छुट्टै देश खालिस्तानको लागि लडिरहेको बताउँदै मुस्लिमहरुको उर्दिस्तान बनाउने अभियानको लागि फण्डिङ गर्ने बताएका छन्।

पन्नुले मोदीको भारतमा हिजाबलाई प्रतिबन्ध लगाइएको बताउँदै भने ‘भारतमा २०० मिलियन मुस्लिम बस्छन्। आज हिजाब छ भोलि यो अजान नमाज र कुरान हुनेछ।

मोदीको भारत हिन्दू राष्ट्र बन्न चाहन्छ। पन्नुले मुस्लिमहरुलाई हिजाब रिफरेन्डम अभियान सुरु गर्न र यसको माध्यमबाट उर्दिस्तान नामको नयाँ देश बनाउन आह्वान गरे।

सिख फर जस्टिस खालिस्तानी संगठन हो जसको मुख्यालय अमेरिकामा छ। २०१९ मा भारतले यो संगठनलाई गैरकानुनी घोषणा गरेको थियो। यो संगठनका सदस्य भारतीय जाँच एजेन्सीको राडारमा छन्।

यस्तै भारतको अहमदावादमा भएको ब’म विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृ’त्यु द’ण्डको फैसला गरिएको छ। गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृ’त्यु’द’ण्ड’को फैसला सुनाएको हो।

घटनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृ’त्यु’द’ण्ड’को फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ।

घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै छ। ​अहमदाबाद बमका ण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ।

उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोटन गराएका थिए।

सो श्रीङ्खलाबद्ध विस्फोटनको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने अरु २०० भन्दा बढी घाइते भएका थिए । त्यतिबेला विस्फोट नभएका थुप्रै ब महरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो।

घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो। ​पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो।

तेस्तै भारतमा अर्को अचम्मको घटना घटेको छ। आफ्ना ब’ला’त्का’री श्रीमानलाई सजायबाट बचाउनका लागि एक महिलाले पीडित युवतीलाई आफ्ना श्रीमानसँग बिहे गराइदिएर आफ्नी सौता बनाएकी छन्।

उनले गहिरो षड्यन्त्र अनुसार पीडित युवतीलाई ललाइफकाइ आफ्ना श्रीमानसँग बिहे गराइदिएकी थिइन्। बिहे गराइदिएपछि पीडित युवतीले पुलिसमा उजुरी गरिनन्।

बिहे भइसकेपछि भने पति र पत्नी मिलेर पीडित युवतीलाई प्रताडित गर्न थाले। आरोपी पति र उनकी पत्नीले पीडित युवतीलाई गालीगलौज गर्ने गर्थे। यसबाट दिक्क भएपछि पीडित न्यायको लागि अदालत पुगेकी छिन्।

मध्य प्रदेशको भोपालका यी आरोपी पति रेलवेमा तैनाथ थिए। उनलाई बलात्कारको आरोपबाट बचाउन पत्नीले बलात्कार पीडितसँग पतिको बिहे गराइदिएकी थिइन्। बिहेपछि भने पति पत्नी दुवैले ती युवतीलाई आफ्नो साथमा राख्न अस्वीकार गरे।

दिक्क भएकी पीडित अदालत पुगिन्। भारतीय मिडियाका अनुसार अदालतको आदेशपछि आरोपी पतिविरुद्ध बलात्कारको मुद्दा चलाइएको छ।भने उनकी पत्नीविरुद्ध धोकाधडीको मुद्दा चलाइएको छ।पुलिसका अनुसार पीडित २५ वर्षकी युवती निजी कम्पनीमा काम गर्छिन्।

२०१८ मा पीडित युवती र आरोपी दशरथ सतालेको भेट भएको थियो। दशरथले उनलाई प्रेममा फसाएर शारीरिक शोषण गरे। पछि युवतीले दशरथ विवाहित भएको थाहा पाइन्। उनी दशरथ विरुद्ध बलात्कारको मुद्दा हाल्न पुलिसमा जान खोजिन्।

त्यसपछि दशरथकी पत्नी विनिताले आफूले नै उनीहरुको विवाह गराइदिने र पीडितलाई सौताको रुपमा स्वीकार गर्ने बताइन्। बिहेको कुरा आएपछि ती युवती राजी भइन्। दुवैको एक मन्दिरमा बिहे भयो।

बिहेको केही समयपछि दशरथले युवतीलाई आफूसँग राख्न अस्वीकार गरे। त्यसपछि पीडितले अदालतमा उजुरी दिइन्। अदालतको आदेशपछि पुलिसले दुवै आरोपीविरुद्ध मुद्दा अगाडि बढाएको छ। तर, आरोपीहरु गिरफ्तार भने भइसकेका छैनन्।

प्रतिक्रिया