आज : गते

ताजा शिर्षकहरु

पूर्वराजा ज्ञानेन्द्र शाहले एकाएक चाले यस्तो कदम, नेताहरुको भोक निन्द्रा चैट

प्रकाशित
2K
SHARES

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्नुपर्ने बेला आएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले पछिल्ला दशकमा राष्ट्रिय एकता संकटमा परेको र जनतामा निराशा छाएको भन्दै नेतृत्व र प्रणाली परिवर्तनका लागि सबै नेपालीले समीक्षा गर्ने बेला आइसकेको उल्लेख गरेका छन्।

उनले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएको र अब पनि साथमा रहने बताएका छन्। पूर्वराजा शाहले प्रणालीमाथि प्रश्न उठाउँदै सांकेतिक रुपमा राष्ट्रियता र राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्रमा जोड दिएका छन्।

‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ, उनले भनेका छन्, यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ।

राष्ट्रियता बिनाको प्रजातन्त्र जनताको सुरक्षाको कवच र न्यायको छाता बन्न नसक्ने उनको भनाइ छ। प्रजातन्त्र आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गर्दै शाहले तर नेपालमा पछिल्लो समय बढ्‍दो विदेशी प्रभावमा प्रजातन्त्र चलेको संकेत गरेका छन् ।

अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन। आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन।

उनले भनेका छन्। पूर्वराजा शाहले प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने उल्लेख गर्दै भनेका छन्, ‘त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ। अहिले प्रजातन्त्र ट्रयाकमा नरहेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने शाहको जोड छ।

अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ, विचारणीय प्रश्न छ,’ उनले ध्यानाकर्षण गराएका छन्।

तेस्तै ,ज्ञानेन्द्र शाहको सन्देशमा आफूलाई ‘श्री ५ महाराजधिराज’ का रूपमा प्रस्तुत गर्दै अहिलेको व्यवस्था निरर्थक साबित हुने जनाएका छन्।तरत्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक लोकराज बराल ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई महत्त्व दिन नहुने बताउँछन्।

उनले भने, “पूर्वराजालाई आफ्नो संस्था फ्याँकिएकोमा एउटा द्वेष छ। पूर्वराजाले भने भन्दैमा महत्त्व दिनुपर्ने कुरा होइन। यहाँ हाम्रो प्रणाली विफल भएकोभन्दा पनि राजनीतिज्ञहरूले प्रणालीलाई विफल बनाइराखेकाले पूर्वराजा र उनकै जस्तो विचार राख्नेहरूले बोल्न पाएका हुन्।

प्रणालीले काम नगरिरहेको भन्ने पूर्वराजाको भनाइ साँचो भए पनि एक पटक बिदा भइसकेको राजतन्त्र अब फेरि नेपालमा विकल्प बन्न नसक्ने तर्क बरालले गरे। बराल थप्छन्, ‘पहिला पनि नेपालमा विदेशीको प्रभाव नभएको होइन।

अमेरिकीहरू यहाँ आएकै थिए। भारतीयहरू र चिनियाँहरू पनि आएकै हुन्। पहिला अरू हुन्थे तर अहिले यहाँको राजनीतिमा चिनियाँहरू र अरू अलि बढी सक्रिय देखिन्छन्। त्यो पनि यहाँका नेताहरूको कमजोरीले सम्भव भएको हो। एउटा प्रणाली राम्रोसँग चले त्यो रोक्न सकिन्थ्यो।”

गणतन्त्र स्थापना भएसँगै नेपालमा चिनियाँ प्रभाव बढेको र पछिल्ला वर्षहरूमा वैदेशिक लगानी, सुरक्षा, पूर्वाधार र राजनीतिक सम्बन्ध लगायतका विविध क्षेत्रमा प्रकट भइरहेको बताउने गरिन्छ।

अझ अघिल्लो साल तत्कालीन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरसङ्घर्ष चुलिएको समयमा उक्त दल भित्रको एकता कायम राख्न अन्तिम समयसम्म बेइजिङले प्रयास गरेका विवरण सार्वजनिक भएका थिए।

चीनको संवेदनशील तिब्बत क्षेत्रसँग सीमा जोडिएको नेपालमा अमेरिका र अरू पश्चिमा देशका चासो पहिले देखि नै प्रकट हुने गरेका कतिपय परराष्ट्र मामिलाविज्ञहरूले बताउने गरेका छन्।

राजनीति शास्त्रका अर्का पूर्वप्राध्यापक कृष्ण पोखरेल पूर्वराजाको पछिल्लो सोच अतिरञ्जित ठान्छन्।उनी भन्छन्, “जस्तो खालको हाम्रो भौगोलिक अवस्थिति छ, त्यसका कारण भारत र चीनको या तिब्बतको नेपालसँग सिमानामा जोडिएको हुनाले युरोपेलीहरूको या अमेरिकीहरूको राडारबाट नेपाल न हिजो बाहिर थियो न आज छ।

फरक यति मात्रै हो – जति बेला लोकतन्त्र थिएन यी कुराहरू गुपचुप रहन्थे। अहिले बाहिर आए र जनताले धेरै कुराहरू थाहा पाए। आफ्नो सत्ता गुमेकाले ज्ञानेन्द्रको एउटा एजेन्डा छ। त्यसैलाई भजाउनका लागि उनले यस्ता कुरा गरेको मलाई लाग्छ।

पोखरेलका भनाइमा यी चुनौतीहरूलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने हुन्छ।उनले नेपालका अहिलेका शासकहरू राष्ट्रहितभन्दा बाहिर जान्छन् भन्ने आफूलाई नलागेको बताए। नेपालमा अहिले रहेको शासन व्यवस्थाको नतिजा ‘आजको भोलि नआउने’ भन्दै उनले शासक वर्गले जनतालाई एउटा सपना देखाएर त्यसको विपरीत व्यवहार देखाएकाले असन्तुष्टि प्रकट भइरहेको धारणा राखे।

ज्ञानेन्द्र शाहले विगतमा पनि विभिन्न सन्दर्भहरू पारेर राजनीतिक विषयवस्तुमा टिप्पणी गर्ने गरेका छन्। पछिल्लो राजनीतिक परिवर्तनमा भूमिका खेलेका सत्ताधारी र विपक्षी दलका नेताहरूले बेला बेलामा उनलाई निवासबाट राजनीतिक अभिव्यक्ति दिनुका सट्टा दल खोलेर चुनावमा भाग लिन चुनौती दिने गरेका छन्।

राजसंस्था र हिन्दू राष्ट्र’को माग गर्दै राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा प्रदर्शन भएपछि नेपालमा फेरि एकपटक ‘राजसंस्था पुनर्स्थापना’बारे चर्चा परिचर्चा भएको छ।

एकथरीले नेपालमा ‘कुनै न कुनै खाले राजसंस्था फर्कन सक्ने’ दाबी गरिरेहका छन् भने वर्तमान सङ्घीय गणतन्त्रात्मक प्रणालीमा विश्वास राख्नेहरू ‘कुनै पनि हालतमा राजसंस्था नफर्कने’ बताउँछन्।

राजनीतिशास्त्रीका अनुसार अहिलेकै जनमतका आधारमा राजसंस्था चाहनेको मत धेरै भए पनि राजनीतिक परिवर्तनका माध्यमबाट त्यो पुनर्स्थापित हुनसक्ने देखिँदैन।

कतिपय संविधानविद्‌हरू ‘राजतन्त्रका पक्षमा जनमत बढेर जाने र त्यस्तो शक्तिले दुईतिहाइ बहुमत ल्याएर अहिलेकै संविधान संसोधन गरेर राजसंस्था पुनर्स्थापित गर्न सकिने विकल्प रहेको’ बताउँछन्।

विसं २०६२/६३ को ‘आन्दोलनपछि राजसंस्था चाहने जनमतलाई कुनै स्थान नदिइएको र नेताहरूकै व्यवहारका कारण त्यस्तो जनमतको आधार बढ्दै गएको’ कतिपय विश्लेषकको दाबी छ।

देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरे भन्छन्, “२०६२/६३ मा नेपालमा परिवर्तनका लागि विदेशी संलग्नता देखिएको थियो। त्यसबेला राजसंस्थाप्रति विश्वास राख्ने शक्ति, परम्परागत शक्ति र सांस्कृतिक शक्तिलाई पूर्ण रूपमा बेवास्ता गरिएको थियो।

त्यो असङ्गठित शक्ति ठूलो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय संलग्नता र त्यो बेलाको अवस्थाका कारण बोल्न नसकेको अवस्था थियो।”त्यसयता देशमा भ्रष्टाचार बढ्यो। राजनीतिक प्रयोग असफल भयो।

देशको सार्वभौमसत्तामाथि विभिन्न किसिमका सम्झौता देखा परे त्यसले गर्दा ती शक्तिहरू सङ्गठित हुन थाले। त्यसैले उनीहरूले दबेको आवाज देखाएका हुन्। उनले उक्त असङ्गठित शक्ति पूर्ण रूपमा सडकमा नआइसकेको र भोलि कुन रूपमा देखापर्छ भन्ने अहिले नै भन्न नसकिने बताए।

अहिले देशका विभिन्न स्थानमा राजतन्त्र पुनर्स्थापनाको मागसहित प्रदर्शनहरू भइरहेका छन्

राजतन्त्रको पक्षधर पिपुल्स रिभ्यू पत्रिकाका प्रधान सम्पादक पुष्पराज प्रधान ‘नेपालमा सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता विदेशीको एजेन्डा रहेको’ कुरा हाल जनताले बुझेको बताउँछन्।

उनी अहिलेको संविधान नेपाली जनताको हित विपरित भएकाले नै बनेको पाँच वर्षमै विरोध सुरु भएको दाबी गर्छन्। नेपालमा फेरि पनि राजसंस्था आउन सक्ने दाबी गर्दै उनी भन्छन्, “राजसंस्थालाई जनताले नै पुनर्स्थापित त गर्न सकिहाल्छन् नि,

एक संविधानविद्ले चाहिँ ‘यदि कसैले दुई तिहाइ बहुमत ल्याएर राजसंस्था पुनर्स्थापना गर्न चाहेमा’ संवैधानिक रूपले त्यो सम्भव भएको बताउँछन्।विपिन अधिकारी भन्छन्, संविधान अन्तर्गत कुनै पनि राजसंस्थाको पुनर्स्थापना वा शासकीय पद्धतिको परिवर्तन गर्न कुनै रोकतोक छैन।

संविधान अन्तर्गत निर्वाचित प्रतिनिधिले संविधान परिवर्तन गर्ने क्षमता देखाउन सक्छन् भने गर्न सक्छन्। नेपालको वर्तमान संविधानमा अपरिवर्तनीय तत्त्व नभएकाले त्यो सम्भव हुने उनको तर्क छ।

प्रतिक्रिया