आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सञ्चारमन्त्री कार्कीलाई थप सुरक्षाकर्मी थपियो, कारण थाहा पाउने सबै चकित

प्रकाशित
2.1K
SHARES

काठमाडौँ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ। सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ।

फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी टेबल गरेका थिए। एमसीसी टेबुल गरेको झोकमा एमसीसी बिरोधिहरुले आ’क्र’म’ण गर्ने तर्फ ध्यान दिदै थप सुरक्षा उपलब्ध गराएको श्रोतले बतायो।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक सई खटाइएको थियो। कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए।

यस्तै यता सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ। बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए। उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो। खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए।

खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए। लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो।

बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ, भुसालको वक्तव्यमा भनिएको छ।

तर, नेता खनाल एमसीसी संसदमा टेबल गर्न दिने कि नदिने भन्नै बैठकमा कुनै नै निर्णय नभएको दावी गर्दै आएका छन्। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका जीवनराम श्रेष्ठ स्थायी कमिटीको निर्णय नै एमसीसीबारे आधिकारिक निर्णय भएको बताउँछन्।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तिम समयमा आएर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी टेबल गर्न तयार भए।

उनी एमसीसी टेबल गर्न तयार भएपछि सभामुखले पनि संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अबरोधका विच टेबल गर्न समय दिए। प्रचण्डले लामो समयदेखि रोकेर राखेको एमसीसी सम्झौता संसदमा टेबल गर्न तयार हुनको मुख्य कारण केपी ओली फेरी प्रधानमन्त्री बन्ने भएले काम गरेका खुलेको छ।

गत शुक्रबार देउवा, प्रचण्ड र नेपालबीच भएको छुट्टै संवादमा एमसीसी अनुमोदनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने सहमति जुट्यो, तर त्यसलाई नेताहरुले सार्वजनिक गरेनन्। एमसीसी पारित हुनु र गठबन्धन टुट्नुमध्ये कुन चाहिं मुलुकका लागि घातक हुन्छ भनेर कांग्रेसबाहेक पनि हामीले छलफल गर्‍यौं ।

यदि हामीले एमसीसी टेबल हुन पनि दिएनौं भने देउवाजी ओलीसँग मिल्ने निश्चित थियो, सत्ता गठबन्धनका एक शीर्ष नेताले भने, त्यसैले एमसीसी टेबल हुन दिउँ, त्यसपछि विपक्षमा मतदान गर्ने कि प्रक्रियामा सहभागी नहुने भन्ने विषयमा फेरि छलफल गरौँला भन्ने भयो।

ती नेताका अनुसार ओली र देउवा मिल्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिन सक्थ्यो, पदीय आचारणअनुकुल काम नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रयास सुरु हुन्थ्यो।

सभामुख फेरिएपछि एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो। यी सबै परिस्थितिले सबभन्दा धेरै घाटा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नै हुने आकलनसहित उनीहरु एमसीसी संसदमा टेबल गर्न सहमत भएका हुन्।

गठबन्धनमा नरहने र कांग्रेसको साथ नपाउने हो भने हाम्रो हालत के होला भन्ने प्रश्नले हामीलाई गम्भीर बनायो, एकीकृत समाजवादीका एक नेताले भने, ‘ओली फेरि शक्तिमा फर्किएर ट्रयाकमा आउन लागेको मुलुकको राजनीतिलाई झन डामाडोल पार्लान् भन्ने कुराले हामी झन गम्भीर भयौं।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि एमसीसी अनुमोदनसम्बन्धी सम्झौता संसदमा टेबल गर्ने मात्रै अहिलेसम्मको सहमति रहेको बताए। आइतबारसम्मको सहमति एमसीसी टेबल गर्ने हो त्यो भयो, अध्यक्ष यादवले भने।

यसपछि के हुन्छ, हेर्दै जाऔं न। आइतबार साँझसम्म माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहेको छ एकीकृत नेकपा समाजवादीले अब के गर्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन।

त्यही सहमतिको स्पिरिटमा पार्टीभित्र निर्णय गराउन एकीकृत नेकपा समाजवादीका अध्यक्ष नेपालले समय मागेका थिए । त्यही आशयको निर्णय शनिबार बसेको स्थायी कमिटी बैठकले पनि गरेको थियो।

कम्युनिस्ट पार्टीका नेताहरुको दोहोरो रणनीति र चीन तथा अमेरिकाको अस्वभाविक चासोले अत्यधिक गिजोलेपछि बल्ल दलहरुले छिनोफानो गर्न एमसीसी सम्झौता सार्वभौम संसदमा पेश गरेका छन्।

यो सहमतिले धरमर रहेको सत्ता गठबन्धनको भविश्य जोगिने लगभग निश्चित भएपनि एमसीसीसी के हुन्छ भन्ने अलमल संभवतः संसदले फागुन १६ आसपासमा टुंगो लगाउने छ।

प्रतिक्रिया