आज : गते

ताजा शिर्षकहरु

बानेश्वरमा गगन थापालाई ज्यान जोगाउनै मुस्किल

प्रकाशित
1K
SHARES

काठमाडौँ। एमसीसीको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ। प्रहरीको हस्तक्षपका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल माओवादी केन्द्रको भ्रातृ संगठन लगायतले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो।

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ।

तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन्।

प्रदर्शनकारीले त्यहि बाटो हिडेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई घेरा हालेका थिए। अमेरिकाका दलाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्रहरीका डिएसपीले उनलाई बालबाल बचाए ।

एमसीसी अनुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को विरोध भएको थियो । थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हालेका हुन् ।

यता अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज प्रदर्शन भइरहेको छ। एमसीसीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा लगायत ५ दलले नेपाल बन्दको आह्वाननै गरेका छन।

सरकारमै रहेको नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु पनि सडकमा आएका छन।यसैबीच, एमसीसीको चौतर्फी विरोध भइरहँदा एउटा समूह भने एमसीसीको समर्थनमा सडकमा आएको छ।

एमसीसीको समर्थनमा ‘स्वतन्त्र नागरिक समाज’ले आज मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाज’ नामक अभियानले बुधबार अनामनगरमा मोटरसाइकलसहित समर्थनमा प्रदर्शन गरेको हो। उनीहरुले एमसीसी राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन्।

आज अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठक अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।

मन्त्री कार्कीले एमसिसी टेबल गरिरहँदा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले पनि यसविरूद्ध नाराबाजी गरेका थिए।

संसद बैठक सकिएपछि बाहिरिने क्रममा पनि नेताहरूले एमसिसीका पक्ष र विपक्षमा प्रतिक्रिया दिएका छन्। एकीकृत समाजवादीका सम्मानित नेता रहेका सांसद झलनाथ खनालले आजको दिन लज्जाको विषय भएको बताए।

उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई संसदमा पेस गरिएको बताए। मन्त्री कार्कीले एमसिसी सम्झौता टेबल गर्दा खनालले नाराबाजी गरेका थिए।

‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ। यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ। नेपाल ट्रयापमा परेको छ। भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ’ खनालले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीमा आफूहरूको समर्थन नरहेको बताए। उनले सरकार जेसुकै भए पनि आफूहरूले एमसिसीलाई समर्थन गर्न नसक्ने बताए।

एकीकृत समाजवादीबाट मन्त्री बनेकी सांसद रामकुमारी झाँक्रीले भने पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार नै एमसिसी संसदमा टेबल गर्न सहमति दिइएको बताइन्। उनले अब यो संसदको विषय भएकाले सांसदहरूले निर्णय गर्ने तर्क गरिन्।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताए।

उनले एमसिसीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन्।

आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ।

उनले अगाडि भने,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले)का सांसद भीम रावल एमसिसी संसदमा टेबल हुनु गैरकानुनी भएको बताए। ‘यो गैरकानुनी र नेपाली जनताको आवाजलाई कुल्चने दुष्प्रयास हो। यसको निन्दा गर्नुपर्छ। नेपाली जनताले यसको आवाज उठाउनु पर्छ, सांसद रावलले भने।

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसिसी संसदमा पेस भएसँगै सडकको बहस संसदमा पुगेको बताए। ‘यो सकारात्मक कुरा हो। अब जनताको सार्वभौम निकाय संसदले यसमा छलफल गरेर यथार्थ कुरा जनताला बताउनु पर्छ, मन्त्री बडुले भने।

संसदीय प्रक्रियाअनुसार अब फागुन १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तावबारे छलफल सुरू हुने उनले बताए। ‘तपाईंहरूले देख्नुभयो आज पनि केही सांसदहरूले आफ्ना धारणाहरू राख्नुभएको छ। अब १२ देखि यसमा थप छलफल हुन्छ, मन्त्री बडुले भने।

तेस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने लज्जास्पद प्रतिक्रिया दिएका हुन्।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए। जवाफमा उनले भने, अब पास हुन्छ। जनताले एमसीसी अस्विकार गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला उनको यो प्रतिक्रियाले सबै नेपालीलाई आक्रोशित पारेको छ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद् सचिवालय, प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि आइतबार बैठकमा प्रस्तुत भएको हो।

प्रतिक्रिया