आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसदका घर–घरमा विप्लवको चिठी, यस्तो छ चेतावनी

प्रकाशित
1K
SHARES

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरुको घर–घरमा नेत्रविक्रम चन्द (विप्लव) विप्लवको चिठी पुगेको छ। एमसीसी संसदबाट अनुमोदन नगर्न विप्लव नेतृत्वको नेकपा युवा संगठनले चिठी पठाएको हो।

चिठीमा एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न सुझाव समेटिएको युवा संगठनले जनाएको छ। यो रुपन्देही जिल्लाको खबर हो। जिल्लाका संघीय सांसदहरुलाई युवा पत्रले पठाएको छ ।

एमसीसी राष्ट्रघाती रहेकाले संसदमा पेश भएको अवस्थामा सम्झौताको विपक्षमा भोट गर्न आग्रह गर्दै रुपन्देहीका ७ जना सांसदलाई पत्र बुझाएको ह ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाएको युवा संघका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बताए।

‘एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्नेछ। यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ। यस्तो प्रकारको क्षति हुनबाट देशलाई बचाउन तपाईंको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ’ पत्रमा भनिएको छ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न पत्र बुझाइएको अध्यक्ष जंगलीले बताए।

अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता पठाउन विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी दुई वटा राजनीतिक मोर्चा सडक संघर्षमा छन्। आज पनि संसद घेराउ सम्मका कार्यक्रम राखिएको छ ।

प्रतिनिधि सभामा आज एमसीसी टेबल हुने सम्भावना रहेको छ। यसका लागि विहान १० बजे गठबन्धनको बैठक बोलाइएको छ भने ११ः३० बजे कार्यव्यवस्था समितिको बैठक बस्दैछ।

संसद बैठक भने १ बजेका लागि बोलाईएको छ । गठबन्धनमा सहमति भएको खण्डमा एमसीसी टेबल हुनेछ। तेस्तै, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‌मा टेबल गर्न नरोक्ने भएको छ।

स्थायी कमिटी बैठकले एमसीसी संसद्‌मा टेबल गर्न दिने निर्णय गरेको स्थायी कमिटी सदस्य एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सहायता सम्झौता संसद्‌मा टेबुल गरी पारित गर्ने सन्दर्भमा गठबन्धनमा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रकै लाइनमा थियो।

नेकपा माओवादी केन्द्रले यथास्थितिमा ९संशोधन नगरी० एमसीसीका सन्दर्भमा संसदीय प्रक्रिया अगाडि बढाउन नसकिने बताउँदै आएको छ। तर, समाजवादी भने आफ्नो अडानबाट पछि हटेर टेबुल गर्न तयार भएको हो।

यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे।

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए। टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन। संसद्मा छलफल गर्न पाउनुपर्छ।

तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ। जबरजस्ती टेबुल गरिने छैन, उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ। अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ।

जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ।एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ।

विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन्। यही बीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो।

तेस्तै, अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो।

एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन्।

साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए। गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थि।

त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ। त्यसैले सरकार र सत्ता साझेदार दलहरु दबावमा छन्।

प्रतिक्रिया