आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुरु, एमसीसीबारे अन्तिम निर्णय गर्दै

प्रकाशित
474
SHARES

काठमाडौ। बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। यस अघि बिहीबार र शुक्रबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन गर्ने सहमति नजुटेपछि यस विषयमा सहमति जुटाउन आज बैठक बसेको हो।

एमसिसी संसद् प्रवेश गराउन गठवन्धनमा रहेका दलहरूले आन्तरिक बैठकमार्फत लचिलो निर्णय गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा टेबुल गरेर सघन छलफल चलाउने निर्णयमा पुगेका छन्।

सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि टेबुलका लागि सकारात्मक भएका छन् । तर ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।

५० करोड अनुदान सहयोगको एमसिसी सम्झौता १६ फागुनभित्र संसदबाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो ।

तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन । सत्तागठबन्धनको बैठकमा औपचारिक सहमति बने सम्भवतः आजकै संसद् बैठकमा एमसिसी टेबुल हुनेछ ।

आज दिउँसो १ बजे संसद् बस्दै छ । त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका छन् । तेस्तै,दाङमा ‘नो एमसिसी’ लेखिएको शंकास्पद प्रेसर कुकर भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नं. ७ स्थित रिहार सडक खण्डमा उक्त प्रेसर कुकर भेटिएको हो। पदमिनी खोला देखी २ समय मिटर पश्चिम सडक छेउमा फेला परेकाे प्रेसर कुकरमा तारले जेलिएकाे छ।

उक्त शंकास्पद बस्तु देखेपछि स्थानीयले बम हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए।ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिब श्रेष्ठका अनुसार अहिले सोही स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलि पुगेको छ।

केही समयमा उक्त कुकरलाई डिस्पोज गर्ने तयारी भइरहेको छ ।पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालन गरिएको छ । अहिले सोही स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छ।

अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। तेस्तै,अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ।

शुक्रबार चीनले एमसिसीमा अमेरिकाले जबर्जस्ती कूटनीति सञ्चालन गरिरहेको आरोप लगाएको भोलिपल्ट अमेरिकाले यसको निर्णय सार्वभौम र लोकतान्त्रिक मुलुकले गर्नेसमेत उल्लेख गरेको छ।

उसले चीनको नाम लिएको छैन। नेपाली नेताहरूले एमसिसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो, अमेरिकी दूतावासद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाले नेपाल र अमेरिकाबीच ७५ वर्षको सम्बन्धका दौरानमा भएका सबै परिवर्तनमा नेपालको साथमा अमेरिकाले ५० करोड डलरबराबरको एमसिसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको पुनः दोहोर्‍याएको छ।

हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो, जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ, अमेरिकाले भनेको छ, ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो।

र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ। यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तन भएका छन्।

यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपत् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमका साथै थप माध्यमबाट मद्दत गरेका छौँ,’ अमेरिकी राजदूतावासले भनेको छ।

प्रतिक्रिया