आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी पास गर्न नयाँ पात्रको इन्ट्री, नाम सुनेपछि नेताहरु चकित

प्रकाशित
4.4K
SHARES

काठमाडौ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको किचलो मिलाउन नयाँ पात्रको ‘इन्ट्री’ भएको छ। ती नयाँ पात्र विदेशी भने होइनन्। उनी हुन् नेपालको पहिलो महिला अर्थात प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणा अमेरिकाकी खास मान्छे हुन्। अमेरिकाले नेपालमा गर्ने लगानी आधा भन्दा बढि उनको संस्थाबाट गर्ने गरेको तथ्यले देखाउँछ। उनै राणा अहिले एमसीसीको पक्षमा माहोल बनाउन फिल्डमै उत्रिएकी छिन्।

संसद् अवरुद्ध गरेर सरकारलाई अफ्ठेरो पारिरहेका ओलीलाई भेट्न आरजुकै बलमा देउवा बालकोट पुगेका थिए। सत्ता गठबन्धनका नेता प्रचण्डले एमसीसी पास गर्न डिस्टर्व गरेपछि देउवा बालकोट पुग्न बाध्य भएका हुन्।

एमसीसी पारित गर्न कांग्रेसले चाहेको छ। एमाले साथ दिन पनि तयार देखिएको छ। माओवादी अध्यक्ष प्रचण्डले धोकाधडीको राजनीति गर्दा ओली र देउवालाई मिलाउन आरजुको सक्रियता बढेको हो।

खासगरी देउवाको किचेन क्याबिनेट’ सम्हाल्दै आएकी आरजु यसपटक त्यसबाट बाहिर निस्केर एमसीसी पारित गर्ने दौडमा होमिएकी छन्। उसो त देउवाको मन्त्रिपरिषद्मा सरकारका गृहमन्त्रीभन्दा देउवा गृहमन्त्रालय बढी हाबी हुने गरेको चर्चा पनि यसअघिदेखि चल्दै आएको छ।

सरकारका नियुक्तीदेखि महत्वपूर्ण निणर्यमा आरजु निर्णायक हुने गरेको टिप्पणी पनि देउवाकै किचेन क्याबिनेटका व्यक्तिहरु बताउँछन।यसपटक एमसीसीलाई लिएर देउवाको दौडधुप केवल चर्चामा सीमित छैन।

सत्ता गठबन्धन कायम राख्ने वा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने निर्णायक मोडमा छ। यो एक किसिमले देउवाको जटिल मोड हो। खासगरी सत्तामै बसेर देउवासँग प्रतिपक्षीको जस्तो दोहोरो भूमिका खेलिहरेका प्रचण्डसँग आरजु पनि रुष्ट देखिन्छिन्।

बाहिर आफु हाबी भएको देखाउने तर भित्रभित्र समस्या पर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध आरजु निर्णायक तबरमा छलफलमा उत्रिएको देखिन्छ।  यदि आरजुको यही सक्रियता बढ्यो र ओली सहमत भएभने राजनीतिमा  फेरि उथलपुथल संकेत देखा परेको छ।

माओवादी केन्द्रका कमान्डर प्रचण्ड र माधव नेपालको पुरानै दोहोरो चरित्र प्रस्तुत भइरहेर ओली एमसीसी पारित गर्न सहमत भए सत्ता गठबन्धनमा उथलपुथल ल्याउन आरजु फ्याक्टर’ काफी हुने देखिन्छ।

तेस्तै, अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारेमा अमेरिका फेरी बोलेको छ। एमसीसीबारे नेपालमा विवाद उत्कर्षमा पुगिरहेको बेला अमेरिकाले यसबारे निर्णय गर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ।

अमेरिकाले एक विज्ञप्ति जारी गर्दै सार्वभौम राष्ट्रको रुपमा एमसीसी पारित गर्ने वा नगर्ने निर्णय नेपालको आफ्नो भएको स्पष्ट पारेको हो।विज्ञप्तिमा नेपाल र अमेरिकाको ७५ वर्ष लामो सम्बन्धलाई स्मरण गर्दै नेपालको परिवर्तनलाई समर्थन गर्दै विभिन्न क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको कुरा उल्लेख गरेको छ।

५० अर्ब रुपैयाँ बराबरको एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाललाई उपहार भएको बताउँदै अमेरिकाले दुई देशबीचको सहकार्यले नेपालका लागि रोजगारी सिर्जना गर्नुका साथै भौतिक पूर्वाधार ल्याउने र नेपालीको जीवनस्तर उकास्न मद्दत पुग्ने उल्लेख गरेको छ।

अमेरिकाले यो परियोजना नेपाल सरकार र नेपाली जनताले आग्रह गरेको र यसलाई नेपालको गरिबी निवारण र आर्थिक उन्नतीका लागि तयार गरिएको पनि अमेरिकाले स्पष्ट पारेको छ।

यसअघि अमेरिकाले एमसीसी जसरी पनि पास गर्न पर्ने भन्दै दवाव दिएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल        प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई टेलिफोन गर्दै,

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्र्ड लुले एमसीसी जसरी पनि पास गर्न धम्की दिएका थिए। उनले एमसीसी पास नभए फिर्ता लैजाने र अहिले गर्दै आएको सहयोग पनि रोक्ने धम्की दिएका थिए।

साथै उनले एमसीसी फिर्ता भए चीनको दवावमा फिर्ता भएको भन्दै गम्भीर रुपमा लिने बताएका थिए। प्रचण्डलाई त लुले एमसीसी पास नगरे द्वन्द कालका मुद्धाहरुलाई व्युताएर मानवअधिकारको मुद्धा चर्काउने धम्की दिएका थिए।

तेस्तै, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीससहित ६ पार्टी र दुई मोर्चाले निर्णायक आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले आइतबार काठमाडौँमा संसद् भवन घेराउ गर्ने सहितका सशक्त आन्दोलनको घोषणा गरेका हुन्।

आइतबार उपत्यकामा संसद भवन घेर्ने र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय घेर्ने भएका छन्। ६ दल र २ मोर्चाको शनिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले काठमाडौँ उपत्यकामा माइतीघर मण्डलबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद् भवन घेर्ने र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनसङ्घर्षको कार्यक्रम घोषणा गरेको हो ।

बैठकले अमेरिकी राजदूत ¥यान्डी बेरीको ट्विट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्मा टेबुल गरी पारित गराउने अन्तिम कसरतले नेपाली जनताको एमसीसीविरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ।

बैठकले घोषित जनसङ्घर्षको कार्यक्रममा व्यापक सहभागिता र उच्च सफलताका निम्ति एमसीसीका विरुद्ध सङ्घर्षरत सबै शक्ति र आमजनसमुदायमा विनम्र अनुरोध पनि गरेको छ।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले हस्ताक्षर गरेर प्रेस विज्ञप्ति निकालेका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी,

र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।संंयुक्त प्रेस विज्ञप्तिमा एमसीसी जुनसुकै मूल्यमा खारेज गरी,

राष्ट्रिय स्वाधीनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसङ्घर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको उल्लेख छ ।सरकारले आईतबार संसदमा एमसीसी टेबल गर्ने तयारी गरेको छ।

प्रतिक्रिया