आज : गते

ताजा शिर्षकहरु

रुसले युक्रेनमाथि फेब्रुअरी अन्त्यमा आक्रमण गर्ने, मिति नै तोकियो

प्रकाशित
2.8K
SHARES

काठमाडौं। रुसले तीन तिरबाट युक्रेनलाई घेरिसकेको छ। युक्रेनको राजधानी किभमा तीब्र रुपमा कूटनैतिक र सैन्य बैठकहरु भइरहेका छन्। अमेरिकी खुफिया एजेन्सीहरुका अनुसार रुसले १ लाख ३० हजार सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ।

आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगभग एक घण्टा टेलिफोनमा कुरा गरे। बाइडेनले रुसलाई युक्रेनमा कुनै पनि किसिमको सैन्य कारवाहीका विषयमा चेतावनी पनि दिए।

तर, ह्वाइट हाउसका अनुसार ६० मिनेट लामो यो कुराकानीबाट पनि परिस्थितिमा परिवर्तनको कुनै संकेत छैन। अमेरिकी गुप्तचर एजेन्सीहरुका अनुसार रुसले युक्रेनलाई घेराबन्दी गर्नको लागि मिसाइल, एयर फोर्स, नेवी फोर्स र स्पेसल फोर्सेजलाई तैनाथ गरेको छ।

यसका अलावा हमलाको स्थितिमा आफ्नो सप्लाइ चेनलाई पनि तयारी अवस्थामा राखेको छ। रुसले ब्ल्याक सीमा ६ जंगी जहाज पनि उतारेको छ। यी जहाज उभयचर वर्गमा पर्छन अर्थात यिनीहरु पानीबाहेक अर्को माध्यमबाट पनि हमला गर्न सक्षम छन्।

यो समुद्री तटमा रुसको शक्तिमा ठूलो वृद्धि हो। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका खुफिया एजेन्सी रुसले कहिले आक्रमण गर्न सक्छ भन्ने पत्ता लगाउन जुटेका छन्। रुस निकै गोपनीयताको साथ आफ्नो कदम अगाडि बढाइरहेको छ।

अर्कोतर्फ अमेरिकी एजेन्सीहरु पनि पूरै क्षमताका साथ रुसको योजना बुझ्न लागिपरेका छन्। अमेरिकी म्यागजिन पोलिटिकोका अनुसार राष्ट्रपति जो बाइडेनले आफ्ना सहयोगीहरुलाई रुसले फेब्रुअरी अन्तिम हप्ता आ’क्र’म’ण गर्न सक्ने बताएका छन्।

अमेरिकाले यो अनुमान खुफिया जानकारीको विश्लेषणको आधारमा गरेको बताएको छ। रुसले आ’क्र’म’ण गर्न सक्ने आशंकाका बीच आइतबार नै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ५० मिनेट कुराकानी गरेका थिए।

ह्वाइट हाउसका अनुसार बाइडेनले यो कुराकानीमा युक्रेनलाई रुसले आक्रमण गरेमा अमेरिकाले आफ्ना सहयोगी देशहरुसँग मिलेर जवाफ दिने विश्वास दिलाएका छन्। बाइडेनले मस्कोमाथि कडा आर्थिक प्रतिबन्ध लगाइने र नेटोले जवाफी कारवाही गर्ने बताएका छन्।

ह्वाइट हाउसका अनुसार अमेरिका र युक्रेन ‘डिटरेन्स एण्ड डिप्लोमेसी’ रणनीतिमा सहमत भएका छन्। अर्थात रुससँग कूटनीतिक वार्ता जारी रहनेछ तर अमेरिका र युक्रेन दुवैले आफ्नो सैन्य तयारी पनि बढाउनेछन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्रासले युक्रेनको अर्थतन्त्र कमजोर हुन सक्ने भएकोले आफ्ना नागरिकसँग कुनै किसिमको त्रासमा नरहन सचेत बनाएका छन्।

तेस्तै, रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ। पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ। यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने,

अन्तिम योजनामा रहेको बताउनुभएको छ। अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निसाना बनाउने देखिएको बाइडेनको दाबी छ।रुसले अझै पनि समस्या समाधानका लागि कुटनीतिक बाटो खोज्न र रोज्न सक्ने,

र त्यो नै उत्तम विकल्प हुने बाइडेनले बताएका बीबीसीले उल्लेख गरेको छ। उहाँले सीमामा तैनाथ सैनिक फिर्ता गरी वार्तामा आउन रुससँग आग्रह पनि गर्नुभएको छ। तर रुसले युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।

प्रतिक्रिया