आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तीन एआइजीका लागि आधा दर्जन डिआइजीको दौडधुप

प्रकाशित
1K
SHARES

काठमाडौं। सरकारले नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेसँगै आधा दर्जन डिआइजीले शक्ति केन्द्रमा दौडधुप शुरु गरेका छन्। विहिबार बसेको मन्त्रीपरिषद बैठकले तीन दवन्दी थप गरेसँगै प्रतिस्पर्धी डिआइजीहरुको दौडधुप शुरु भएको हो।

सरकारले ३ दरवन्दी बढाएसँगै नेपाल प्रहरीमा एआईजीको दरबन्दी संख्या ८ पुगेको छ। दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण ओएन्डएम गरेर गृह मन्त्रालयमा पठाएको थियो। सोही अनुसार सरकारले दरवन्दी थप गरेको हो।

प्रहरी ऐन अनुसार एआइजी र डिआइजी मध्ये जुनसुकै पदमा रहेपनि सरकारले चाहेको व्यक्ति महानीरिक्षक आइजीपी बनाउन पाउने व्यवस्था भएकाले अहिले एआइजीमा बढुवा हुँदा आइजीपीका लागि प्रतिस्पर्धा गर्न सहज हुने भएकाले डिआइजीहरुले एआइजीका लागि दौडधुप शुरु गरेका हुन्।

आइजीपी शैलेश थापाका व्याचीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, वसन्त पन्त, गणेश ऐरले विभिन्न शक्ति केन्द्रमा आफ्नो पहँुच विस्तार गरेका छन्। उनीहरु एआइजी भएपनि आइजीपी हुन पाउने छैनन।

वैशाख १९ गते हालका प्रहरी महानीरिक्षक थापासँगै उनीहरु अनिवार्य अवकाशमा जानेछन्। तर हालका एआइजी विश्वराज पोखरेल, सहकुल थापाका व्याचीहरुले भने आगामी दिनमा आइजीपी हुनसक्ने संभावनालाई ध्यान दिएर एआइजीका लागि दौडधुप गरेका छन्।

थपिएको दरबन्दी मानव श्रोत एवम् प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरोमा र प्रदेश समन्वय विभागमा रहनेछन्। त्यसकालागि पोखरेल र थापाका व्याचीहरु धीरजप्रताप सिंह,

उत्तमराज सुवेदी, रवीन्द्र धानुक, अरुण विसी, दिवेश लोहनीले शक्ति केन्द्रसँगको सम्पर्क सम्बन्ध बढाएको छन्। हाल सिआइबीमा रहेका सिंह सबैभन्दा बलिया दावेदार हुन्।

यतिबेला वालुवाटारले जसलाई चाह्यो उही एआइजी बन्ने भएकाले सबैको ध्यान गृहमन्त्री भन्दा पनि वालुवाटारतर्फ केन्द्रीत भएको छ। डिआइजी धानुकलाई अर्थमन्त्री जनार्दन शर्माले च्पाप्न छाडेपछि उनी पनि वालुवाटरकै भरमा परेका छन्।

त्यस्तै गणेश ऐरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालय प्रयोग गरिरहेका छन्। उत्तमराज सुवेदीले पनि पूर्वका कांग्रेसी नेताहरुलाई आफ्नो हितमा कुरा गर्न आग्रह गरेका छन्।

वसन्त पन्त आफू सुदुरपश्चिमको भएकाले प्रधानमन्त्रीसँग र सुदुरपश्चिमका नेताहरुसँग उनको सम्बन्ध राम्रो भएकाले उनी ढुक्क जस्तै रहेको स्रोतले जनाएको छ। लामो समय रोकेर पनि एआइजीको दरवन्दी थप भएको छ।

अब वैशाख १८ गते हुने नयाँ आइजीपीका लागि अहिले बढुवा हुने एआइजी नै प्रतिस्प्र्धी हुनेछन् एक जना आइजीपीको व्याचबाट एआइजी हुने भएकाले दुई जना मात्रै पोखरेलका व्याचीहरु एआइजी हुनेछन्, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

स्रोतका अनुसार सोमबारसम्ममा नेपाल प्रहरीले थपिएका दरवन्दीमा नयाँ एआइजीको सिफारिस गर्नेछ। एआइजी पोखरेलका व्याचमा धेरै डिआइजीहरु एआइजीको दावेदार रहेकाले उनीहरुमध्ये कसलेबाजी मार्ने हुन भन्ने बारेमा शक्ति केन्द्रमा जसको बढी पहँच रह्यो उनीहरुमध्ये नै एआइजी हुनेछन्।

हाल विश्वराज पोखरेल र थापा मात्रै आइजीपीको प्रतिस्प्र्धामा रहेका छन्। थापा भन्दा पोखरेल ८ महिनाअघि एआइजी भएकाले स्वाभाविक दावेदार भने पोखरेल नै हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ