आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आरजु राणाको अर्को पोल खुल्यो, कारण थाहा पाउने सबै चकित

प्रकाशित
1.7K
SHARES

काठमाडौ। व्यवसायी आनन्दराज बतासले प्रधानमन्त्री पत्नी आरजु राणाको पोल खोलेका छन्। उनले मणिपाल अस्पताल खरिदमा विना पैसा शेयर मागेर नदिएपछि आफूमाथि खनिएको भन्दै पोल खोलेका हुन्।

विगतमा धेरै व्यवसायमा आरजुले उनलाई सघाएकी थिइन्। क्याटर पिलर नामक हेभि इक्विपमेन्टको नेपालका लागि डिलरशीप लिन आरजुले नै बतासलाई सघाएकी थिइन्। यस्तो धेरै व्यापारमा बतासले देउवाको सम्बन्धलाई प्रयोग गरेका थिए।

सोही कारण पोखराको सामान्य व्यापारीबाट ठूला व्यवसायीका रुपमा उदाएका थिए। पछिल्लोपटक आरजुमार्फत नै उनले पोखराको मणिपाल मेडिकल कलेज हात पार्ने प्रयास गरेका थिए।

भारतीय पक्षसँग आरजुले नै डिल गरेर कलेज किनबेचको वातावरण मिलाएकी थिइन्। सो मेडिकल कलेजको खरिदमा आरजुले मध्यस्ततावापत बिना लगानी धेरै शेयर मागेपछि सम्बन्ध बिग्रिएको दाबी बतासले गरेका छन्।

कमिसन विवादकै कारण सो मेडिकल कलेजको किनबेचको प्रक्रिया रोकिएको छ।बतास अर्गनाइजेसमा आरजु सल्लाहकार रहनुले पनि सो निकटता पुष्टि हुन्छ। तर, विवाद आउने वित्तिकै आरजुले आफु सो अर्गनाइजेसमा नरहेको भनेर प्रष्टीकरण दिएकी थिइन्।

अहिले असहयोग समेत गरेपछि बतासले आरजुको पोल खोल्न थालेका हुन्। सेटिङमा हात पारेका आफ्नो ठेक्कामाथि सरकारले हमला गरेपछि व्यवसायी आनन्दराज बतास आक्रामक हुँदै यतिबेला अदालतमार्फत आफ्नो धन्दा जोगाउने प्रयासमा लागेका छन्।

सरकारी सम्पत्ति हात लिएर व्यापार गर्दै आएका उनी सरकारविरुद्ध अदालत गएका छन्। पशुपति धर्मशालादेखि नारायणहिटीभित्र क्याफेका नाममा खोल्न लागिएको रेष्टुरेन्टको ठेक्का सरकारले रद्द गरिसकेको छ।

पोखरा र तनहुँमा अघि बढेका काम पनि अब अवरुद्ध भएपछि सरकारी सम्पत्तिमा करोडौं कमाउने उनको योजना रोकिएको छ। पर्यटनमन्त्री प्रेम आलेले लोकप्रियताका लागि यस्तो निर्णय गरेको आरोप उनले लगाएका छन्।

तर, भित्री रुपमा भने प्रधानमन्त्री शेरबहादुर देउवा समेत आफुविरुद्ध लागेको बतासको बुझाई छ।राजनीतिक रुपमा बतास कांग्रेस निकट भएपनि पछिल्लो समय देउवासँग उनको सम्बन्ध बिग्रिएको छ।

आर्थिक कारोबारकै क्रममा सम्बन्ध बिग्रिएको बतासले नै आफ्नो लगानी रहेको केही अनलाइनमार्फत सार्वजनिक गरेका छन्। यद्यपि, उनले देउवासँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्।

कांग्रेस नेता उदयशमशेर जबरामार्फत सुधार गर्ने प्रयासमा बतास लागेको स्रोत बताउँछ। उदयशमशेर बतासका साझेदार समेत हुन्। नारायणहिटीको प्रोजेक्ट असफल भएपनि पशुपति धर्मशालामा भने होटललाई निरन्तरता दिने उनको रणनीति छ।

त्यस्तै, टंगालको लक्ष्मी नारायण मन्दिर प्रकरणमा पनि सिडिओ कार्यालयले छानबिन थालेपछि उनी काठमाडौंका सिडिओ गोविन्द रिजालमार्फत कारबाही रोक्न लागेका छन्।

मन्दिरको जग्गा र भवन बिना प्रतिस्धर्पा लिजमा लिएर उनले कार्यालय राखेका छन्। जसको स्थानीयले विरोध गर्दै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेर पूर्वअध्यक्ष कमल थापा आज नयाँ पार्टी घोषणा गर्दैछन्।

पार्टी आन्तरिक निर्वाचनमा राजेन्द्र लिङदेनसँग हारेपछि विछिप्त भएका थापाले आज राप्रपा नेपाल नामको पार्टीै व्युताउन लागेका हुन्। तर उनलाई उक्त पार्टीमा असहज स्थिति उत्पन्न हुने सम्भावना देखिएको छ।

राप्रपा नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएका छन्।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै,

सो पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई बेचेको आरोप लगाए।

साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको बताए। राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने तर्क राणाको थियो।

यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ। यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ।

निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्‍योरु यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ। न्यायालयले पनि हामीलाई न्याय दिनुपर्छ, उनले भने। कमल थापा पटक–पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने।

कहिले म गणतन्त्रवादी भइसकें भन्ने, कहिले राजालाई मान्दिनँ भन्ने, अनि अहिले अर्काको घरलाई मेरो घर भन्नेरु, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ।

शनिबार थापाले राष्ट्रिय सभामार्फत् पार्टीको घोषणा सभा गर्दैछन्। राणाले हिम्मत भए नयाँ पार्टी बनाउन थापालाई सुझाव दिए। उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरूको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे।

साथै, उनले लाक्पा तामाङको कदम आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए। उनले भने, ‘६०(४० को समीकरण बनाएर कमल थापासहितको ठूलो टिम हाम्रो पार्टीमा प्रवेश हुँदैछ तर, हाम्रो पार्टीको सिद्धान्त कतै जाने छैन भनेर हामीलाई झुटो कुरा बोलियो।

युवाहरूले अगाडि बढाइरहेको पार्टीलाई अबका दिनमा पनि युवाहरूले नै अगाडि बढाउनुपर्ने उनले बताए।थापा अध्यक्ष भएको कुरा अवैधानिक रहेको भन्दै उनले अध्यक्ष तामाङले पार्टीका पदाधिकारीहरूलाई अवमूल्यन गरेको आरोप लगाए।

पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भए पनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे।

हामीले गर्वका साथ राजसंस्था र हिन्दुराष्ट्र भनेर हिँडिरहेका थियौं र आज पनि यही एजेण्डामा अडिग छौं। तर, एकाएक हामीलाई गणतन्त्रवादी बनाइयो, उनले भने।

यो कुरा हामीलाई कदापि मान्य छैन। सिंगो पार्टी र पदाधिकारीलाई कुनै जानकारी नदिएर गोप्य रूपमा पार्टीको साँचो अरू कसैलाई बुझाइएको भन्दै उनले दुःख व्यक्त गरे।

केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरूले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाइएको भन्दै आफूहरू कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सति जान नसक्ने बताए।

यस्तै, उनले ६०–४० को झुठो आश्वासन दिएर उपस्थित नभएकाहरूको हस्ताक्षर किर्ते गरेर निर्वाचन आयोगमा गई थापालाई पार्टी सुम्पिएको आरोप लगाए। कसैले विचार बेचेर झोला भर्‍यो होला।

तर, राप्रपा नेपाल कहीँ पनि समाहित भएको छैन, उनले भने। त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दुधर्म र राजसंस्थाको एजेण्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बेच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ