काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी जस्ताको तस्तै पास गर्न अमेरिकाले दवाव दिएपछि चीनले पनि आफ्नो धारण सार्वजनिक गरेको छ।
चीनले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्कीपूर्ण कूटनीति कोअर्सिभ डिप्लोमेसी सुरु गरेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताएको छ। अमेरिकाले फेब्रुअरी २८ फागुन १६ सम्म एमसीसी पारित गर्न दबाब दिएको छ।
यसै विषयमा टिप्पणी गर्दै चीनले यस्तो आरोप लगाएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा कोअर्सिभ डिप्लोमेसी’को विरोध गर्ने बताए।
नेपालको आर्थिक विकास र जीविकोपाजर्ननमा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्य, सहयोगको चीनले स्वागत गर्ने तर यो राजनीतिक सर्तविना नेपाली जनताको इच्छामा हुनुपर्ने वाङको भनाइ छ।
वाङले नेपालको मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासको बाटो रोज्न र आफ्नो देशको हित र जनताको इच्छा देखाउने निर्णय गर्न नेपाललाई समर्थन गर्न जारी राख्ने पनि बताए।
चीनले नेपालको विकासमा सहयोग र समर्थन जारी राख्ने उनले बताए। तर अमेरिकाले भने एमसीसी जसरी पार गर भन्दै भक्दि दिइरहेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त अमेरिकाका सहायक,
विदेश मन्त्री डोनाल्र्ड लुले टेलिफोन गर्दै मानवअधिकारको विषय चर्काउने धम्की दिएका थियो। साथै नेपाल र अमेरिकाको ७५ बर्षको सम्बन्ध पनि अन्त्य हुने बताएका थिए।
अमेरिकाले १० बर्षे जनयुद्धका क्रममा भएका स–साना घटनाहरुलाई लिएर प्रचण्डलाई धम्की दिइरहेको छ। अमेरिकाले माओवादी केन्द्रलाई अहिले पनि आ’तं’क’का’रि’को सूचीमा राखेको छ।
तेस्तै, आन्दोलन चर्किएपछि अमेरिकाले मुख खोल्यो, दियो यस्तो ध’म्की: नेपालमा हरेक दिन जसो एमसीसी विरुद्धमा आन्दोलन चर्किन थालेपछि अमेरिकाले मुख खोलेको छ।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन्।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।
उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन्। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ, ट्वीट सन्देशमा उनले भनेका छन्।
तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्। विगत लामो समयदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन्।
कम्युनिस्ट पार्टीहरुले त मोर्चा बनाएरै यसको विरोध गरिरहेका छन्। फागुन ४ गते विप्लव नेतृत्वको नेकपासहित ५ दल र एक मोर्चाले नेपाल बन्द गरेको थियो।
त्यही बन्दका क्रममा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो। संसद भवन अगाडि भएको प्रदर्शनमा झडप हुँदा ९ जना प्रहरी र दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए।
उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले १ सय ५० भन्दा धेरैलाई पक्राउ गरेको थियो। शुक्रबार पनि नेकपासहित ६ राजनीतिक दल र दुई राजनीतिक मोर्चाले काठमाडौँ भव्य प्रदर्शनसहित आमसभा गरेको थियो।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
प्रतिक्रिया