आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी एक्सनमा उत्रियो गठबन्धन सरकार, एमालेको अर्को खम्बा ढल्यो

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा एमालेका लागि अर्को दुःखद खबर छ। बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरेको छ। सरकारले बिहिबार उपाध्यक्ष चौलागाईंलाई पदमुक्त गरेको हो।

बिहिबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको हो।चौलागाईंले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको।

सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको आरोप लगाएको छ। त्यस्तै, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको।

ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै पदमुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा‘ खनालले जानकारी दिए।

यसअघि प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाई र प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल बीच आन्तरिक द्वन्द्वसमेत चलेको थियो। तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले चौलागाईंलाई २०७८ जेठ २७ गते प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष नियुक्त गरेको थियो।

नेकपा एमालेका लागि बागमती प्रदेशमा ठूलो धक्का लागेको छ। युवाहरुलाई एमालेमा आक्रषण गर्नका लागि भुमिका खेल्ने निकाएका प्रमुखलाई हटाएपछि एमालेलाई धक्का लागेको हो।

यसअघि संघिय सरकारले पनि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेललाई पनि बर्खास्त गरेको थियो। सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सकिएको छ। आजको बैठक पनि निश्कर्ष विहिन सकिएको हो।

तर आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भने भएको छ। सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकस्थल बालुवाटारबाट नेताहरू बाहिरिएका छन्।

गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसी, संसद् अवरोधलगायत विषयमा निकास निकाल्न बैठक बसेको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने,

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ। बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए।

उनले भने, अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो। प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो, तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ। त्यसमा उहाँ सहमत हुनुभयो।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको माग पुरा गरिदिएका छन्।शीर्ष नेताको छलफलमा नेता नेपालले एमसीसी टुबल गर्नका लागि १ दिनको समय दिएका थिए।

नेपालले फागुन ७ गते आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने भएकाले १ दिनका लागि समय दिन देउवासँग माग गरेका थिए। नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएर उनको माग पुरा गरिदिएका हुन्।

गठबन्धनको अर्को बैठक फागुन ८ बस्दैछ। माधव नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ। त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो’ वालुवाटार स्रोतले भन्यो, एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ।

र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ। सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन्।

प्रधानमन्त्री देउवाले शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका थिए।

त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन्। देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन्।

प्रतिक्रिया