आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतलाई फुटाएर नयाँ देश ‘उर्दिस्तान’ बनाउने चेतावनी

प्रकाशित
324
SHARES

काठमाडौं। भारतमा केही समयदेखि मुस्लिमहरुको पहिरन ‘हिजाब’का कारण विवाद चर्किएको छ। यो विवादमा सिख फर जस्टिस नामक संगठनका प्रमुख गुरपरवंत सिंह पन्नुले मुस्लिमहरुलाई भारत फुटाउन आह्वान गरेका छन्।

भारतले किख फर जस्टिस नामक यो संगठनलाई आतंकवादी संगठन घोषित गरेर प्रतिबन्ध लगाएको छ। पन्नुले भारतका मुस्लिमको नाममा एउटा भिडियो जारी गरेका छन्।

यो भिडियोमा उनले मुस्लिमहरुलाई हिजाब अभियान सुरु गर्न र आफ्नो लागि छुट्टै देश उर्दिस्तान बनाउन आह्वान गरेका छन्। उनले आफ्नो संगठन पनि छुट्टै देश खालिस्तानको लागि लडिरहेको बताउँदै मुस्लिमहरुको उर्दिस्तान बनाउने अभियानको लागि फण्डिङ गर्ने बताएका छन्।

पन्नुले मोदीको भारतमा हिजाबलाई प्रतिबन्ध लगाइएको बताउँदै भने ‘भारतमा २०० मिलियन मुस्लिम बस्छन्। आज हिजाब छ भोलि यो अजान नमाज र कुरान हुनेछ।

मोदीको भारत हिन्दू राष्ट्र बन्न चाहन्छ। पन्नुले मुस्लिमहरुलाई हिजाब रिफरेन्डम अभियान सुरु गर्न र यसको माध्यमबाट उर्दिस्तान नामको नयाँ देश बनाउन आह्वान गरे।

सिख फर जस्टिस खालिस्तानी संगठन हो जसको मुख्यालय अमेरिकामा छ। २०१९ मा भारतले यो संगठनलाई गैरकानुनी घोषणा गरेको थियो। यो संगठनका सदस्य भारतीय जाँच एजेन्सीको राडारमा छन्।

तेस्तै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुक र भारतबीच कुनै दिन भिडन्त हुन सक्ने बताएका छन्। खानले अमेरिकी समाचार माध्यम सीएनएनको ‘ग्लोबल पब्लिक स्क्वायर’ कार्यक्रममा पत्रकार फरीद जकारियासँग बोल्दै हालको अवस्था जारी रहे भारत र पाकिस्तान कुनै दिन आमने-सामने हुन सक्ने बताएका हुन्।

यदि परमाणु शक्ति सम्पन्न दुबै मुलुकमा यही अवस्था रह्यो भने कुनै दिन दुबै मुलुक आमने-सामने हुन सक्छन्’, खानले भने। पाकिस्तानले भारतसँग कुनै पनि अवस्थामा तनाव नचाहेको पनि खानले प्रस्ट पार।

खानले आफू सत्तामा आएपछि भारतसँगको सम्बन्ध सुधार्ने कोसिस गरेको पनि बताए। तर, भारतमा आरएसएसको विचारधारा निर्यायक बन्दा सम्बन्ध सुधार असंभव भएको उनको भनाइ थियो।

तर दुर्भाग्यवश आरएसएसको विचारधाराले भारतको कमाण्ड गर्‍यो। आरएसएसका संस्थापक को थिए भनेर हामी सबैलाई थाहा छ। उनीहरूले नाजीबाट प्रेरणा लिन्थे, खानले भने, आरएसएसको विचारधाराले नै महात्मा गान्धीको ह’त्या गरेको थिए।

यही भएर यो विचारधारासँग वार्ता गर्न निकै मुश्किल हुन्छ । कुराकानीका लागि निकै कोशिक भयो तर उनीहरूको विचारधाराले मुलसमान, पाकिस्तान र अल्पसंख्यकलाई घृणा गर्छ।

आरएसएसको विचारधाराले भारतलाई नै बढी हानी हुनेसमेत खानको भनाइ थियो । उनले भने, ‘हाल भारतमा जे भइरहेको छ, त्यसबाट पाकिस्तानलाई भन्दा ऊसलाई नै बढी हानी हुन्छ।

हाम्रो सम्बन्ध चिसिएको छ तर भारतमा जे भइरहेको छ त्यो चिन्ताजनक छ। त्यस्तै, भारत र पाकिस्तानबीच तनाव बढ्नुको एक मात्र कारण कश्मीरको मुद्दा रहेको तर उक्त मुद्दालाई वार्तामार्फत् हल गर्न सकिने पनि खानको जोड थियो।

मैले पहिलो पटक सत्तामा आएपछि भारतसँगको सम्बन्ध राम्रो बनाउने प्रयास गरेको थिएँ। भारत एक कदम अघि आयो भने आफू दुई कदम अघि आउने भनेको थिएँ।

खानलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, दुबै मुलुकबीच केबल कश्मीरको मुद्दा छ र एउटा असल छिमेकी बनेर उक्त मुद्दालाई वार्तामार्फत् हल गर्न सकिन्छ।

प्रतिक्रिया