आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई ‘म्यादी प्रहरी’मा भर्ना गर्न पनि सुहाउँदैनः महेश बस्नेत

प्रकाशित
480
SHARES

काठमाडौं। नेकपा एमालेको पोलिटव्यूरो सदस्य, राष्ट्रिय युवा संघका इन्चार्ज, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना गर्ने प्रकृति हैसियतसमेत नभएको दावी गरेका छन्।

मुलुक र नेपाली जनताको लागि राष्ट्रिय समस्या माओवादीका अध्यक्ष प्रचण्ड भएकाले प्रचण्डले नेतृत्व गरेको पार्टी माओवादीलाई दिउँसै टर्च लगाएर खोज्नुपर्ने अवस्था आएको नेता बस्नेतले टिप्पणी गरे।

राष्ट्रिय युवा संघ नेपाल, सियारी गाउँपालिका रुपन्देहीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओावदी, नेकपा एस, जसपा तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै पाँचवटा लड्डु एकै पटक खाना खोज्दा अड्कीएर माधव नेपाल र प्रचण्ड सडकमा पच्छारिएको बताए।

मुलुक अब एमालेको वरिपरिमात्र घुम्न सक्ने अवस्था बनेको उल्लेख गर्दै नेता बस्नेतले माधव तथा प्रचण्ड जस्ता सडे गलेका नेता तथा पार्टीलाई बोकेर निर्वाचन तथा सरकारमा नजाने सुझाब दिएका छन्।

उनले भने ‘प्रचण्ड र माधव नेपालको जनताको माझमा अस्थित्व समाप्ती हुँदै गएको छ। पाँच वटा लड्डु एकै पटक खान खोज्दा अड्कीएर माधव र प्रचण्ड सडकमा पच्छारिएका छन्।

एमसीसीले गर्दा गठबन्धन टुटेसँगै माधव प्रचण्ड सडक छाप हुनेछन्। प्रधानमन्त्री शेरबहादुर एक्लदै छन्। देउवाको अब दुई वटा विकल्प रहेको जसमा पहिलो विकल्प संसद विघटन गरी अर्ली एलेक्शन र दोस्रो एमालेसँग सत्ता सहकार्य।

एमाले सडे गलेकाहरुलाई बोकेर सरकारमा जाँदैन। प्रचण्ड र माधव जस्ताको पार्टी सडेगलेका पार्टी बोकेर एमाले सरकारमा जाँदैन। प्रचण्ड त अब मुलुक र जनताको नजरमा निर्वाचनको समयमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना समेत हुने नसुहाउने बनेका छन्।

त्यसैले अबको मुलुक नेकपा एमाले वरिपरि घुम्ने छ। जनता र मुलुकको लागि प्रीय पार्टी बननेछ। एमालेको विरुद्ध विच्छ्याइएको सवै एम्बुसहरुलाई निस्तेज पार्ने छ, एमलोलाई सामाप्त पर्नेहरुलाई उल्टै आफैले थापेको एम्बुसमा पर्ने।

उक्त कुरा उल्लेख गर्दै नेता बस्नेतले एमसीसीको बारेमा प्रचण्ड र माधवको एम्बुस उनीहरुको विरुद्धमा नै पड्कने उल्लेख गर्दै उनले एमसीसीमा एमालेले भोट हाल्नुपर्ने अनि उनीहरु एमालेकै विरुद्ध लाग्ने अवस्था बन्न एमालेले नदिने बताए।

अमेरिकालाई पत्र लेख्ने प्रचण्डको खोक्रो राष्ट्रवादको खोल उत्रिएको दाबि। एमाले जस्तोसुकै आरोह र अवरोहलाई पन्छाउँदै एमाले अगाडी बढ्ने उल्लेख गर्दै एमाले कुनै वर्षा यामको खहरे भेल जस्तो नभई अविरल बग्ने नदी जस्तै भएको दाबी गरेका छन्।

देश चलाउन सकेनौं भनेर कांग्रेसले हात उठाएपछि एमालेले मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्ने उल्लेख गर्दै नेता बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले माओवादी,

जसपाले आफ्नो सांसदलाई कारवाही गर्दा सदर गर्ने र एमालेको कारवाही बदर गरि माओावदीको कार्यकर्ता जस्तो बनेको आरोप लगाए। सरल रेखामा हिड्न खोजेको नेपाललाई गठबन्धनको सरकारले,

बक्र रेखामा हिडाउन खोजेको आरोप लगाउँदै उनले, प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवरालाई लगाईएको महाअभियोगको बहानामा देशलाई अन्धकारको यात्रामा अगाडीबढेको बताए ।

बहाना महाअभियोग तर तिर अर्कै तिर भएको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनको सरकारले महाअभियोगको बहानामा स्थानीय तहको निर्वाचन नगर्ने खेलमा रहेको बताए।

सर्वोच्च अदालतले हिजो मात्र स्थानीय तहको निर्वाचन नगराउने खेल शुरु गरेको उल्लेख गर्दैगठबन्धनका यस्ता षड्यन्त्रहरुलाई एमालेले एक एक गरेर पन्छाउने दावी गरे।

तेस्तै, रातारात प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। गठबन्धनको बैठकलगत्तै देउवा बालकोट लागेका हुन्।

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन्। बैठक विनानिस्कर्ष सकिएको छ।

टुंगोमा पुग्न सकेन सत्ता गठबन्धनको बैठक, भोली बिहान पुनः बस्ने गरि गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ। एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो।

कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो।

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए। बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए।

आज गम्भीर विषयमा गम्भीर छलफल भयो। भोलि बिहान १० बजे पुनस् बैठक बस्ने छ, उनले भने। उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए।

उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन्। जानकारहरुका अनुसार एमसीसीको दाउपेचले गर्दा राजनीतिमा नयाँ तरङ्ग आउने बताएका छन।

प्रतिक्रिया