आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित भारतीय उद्योगपति राहुल बजाजको निधन

प्रकाशित
543
SHARES

काठमाडौ। भारतका वरिष्ठ उद्योगपति बजाज समूहका प्रमुख राहुल बजाजको शनिबार निधन भएको छ। एक महिनाअघि रुबी हल क्लिनिकमा भर्ना भएका ८३ वर्षीय बजाज निमोनिया र मुटुको समस्याबाट पीडित थिए।

बजाज समूहले शनिबार दिउँसो २ः३० बजे बजाजको निधन भएको सार्वजनिक गरेको छ। उनी दुई कार्यकाल भारतीय उद्योग परिसंघ सिआइआईका अध्यक्ष थिए।

गहिरो दुःखका साथ दिवंगत रूपा बजाजका श्रीमान् तथा राजीव र दीपा, सञ्जीव र सेफाली र सुनैना र मनीषका बुवा राहुल बजाजको निधन भएको जानकारी गराउँदछौँ,  बजाज समूहद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।

भारतका राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीलगायतले ट्विटरमा बजाजको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली लेखेका छन्।

सन् १९६५ देखि बजाज समूहमा सामेल भएका राहुल त्यसको तीन वर्षपछि बजाज अटोको प्रमुख कार्यकारी अधिकृत भएका थिए। तर, उनले कार्यकारी भूमिकाबाट अलग भएर छोरा राजीव बजाजलाई बजाज अटोको प्रबन्ध निर्देशक बनाएका थिए।

उनी गैरकार्यकारी अध्यक्षका रूपमा थिए। तर २०२१ अप्रिलमा उनले पदबाट राजीनामा दिएका थिए। भारतको सबैभन्दा पुरानो व्यापारिक घरानामध्येको एक बजाज समूहसँग बजाज अटो, बजाज फाइनान्स, बजाज इलेक्ट्रिकल्स, मुकन्द एन्ड बजाज एलियान्जलगायतका २५ कम्पनीहरू छन् ।

सबै कम्पनीमा करिब ३६ हजार कर्मचारीहरू कार्यरत छन् ।जुन १०, १९३८ मा जन्मेका बजाजले दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन्स कलेजबाट १९५८ मा अर्थशास्त्रमा स्नातक गरेका थिए ।

उनले बम्बई विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र हार्वर्ड बिजनेस स्कुलबाट एमबिएसमेत गरेका थिए। बजाज ग्रुप अफ कम्पनीको प्रमुखको रूपमा उनले दुई, तीन र चार पांग्रे सवारीसाधनको उत्पादन तथा बिक्री बितरण गर्दै आएका थिए।

उनले जीवन बिमा, लगानी तथा उपभोक्ता वित्त, घरेलु उपकरण, विद्युतीय बत्ती, वायु ऊर्जा, मिश्र धातु र स्टेनलेस स्टिललगायतका क्षेत्रमा पनि लगानी गरेका थिए। बजाजले भारत सरकारबाट पद्मभूषण प्राप्त गरेका थिए।

भने धेरै विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएका छन्। बजाज २००६ देखि २०१० सम्म राज्यसभाका सांसदसमेत थिए। बजाज इन्डियन एयरलाइन्सका पूर्वअध्यक्ष र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बईका बोर्ड अफ गभर्नर्समा पनि थिए।

उनी इन्टरनेसनल बिजनेस काउन्सिल, वर्ल्ड इकोनोमिक फोरमका पूर्वअध्यक्ष, हार्वर्ड बिजनेस स्कुलको दक्षिण एसिया सल्लाहकार बोर्डका पूर्वसदस्य र वासिंगटन, डिसीमा ब्र्किङ्स,

इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का पूर्वसदस्य पनि थिए। बजाजले जमनालाल बजाज फाउन्डेसनलगायत बजाज समूहको कम्पनी र च्यारिटेबल ट्रस्टहरूको गतिविधिको पनि नेतृत्व गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ