आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले चर्चित नेता बिरुद्ध पक्राउ पुर्जी जारि, ओली तनावमा

प्रकाशित
1K
SHARES

काठमाडौ। आफ्नै सांसदविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तनाव भएको छ। संसदमा अंकगणितको खेल चलिरहेका बेलामा सांसदमाथि पक्राउ पुर्जी जारी भएपछि ओलीलाई तनाव भएको हो।

नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एकसाताअघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताए। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको।

अनेक किसिमका आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन्। जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ।

शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन्। एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन्।

आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन्। शाहीको जाहेरी दर्ता भइसकेको छैन। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो। सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ। हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ।

सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ। बानियाँले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको उनले बताएकी छन्। त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको उनको दावी छ।

महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे छ। दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् । महिलाले बताए अनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको।

र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो। सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन।

प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ। तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी जस्ताको तस्तै पास गर्न नसकिने प्रधानमन्त्रीलाई जानकारी गराउन बुधबार बालुवाटार पुगे।

बालुवाटारमा यस्तो कुरा सुनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले झपारे। प्रधानन्यायाधीशमाथि महाअभियोग गर्दा गर्न लगाएर आफूलाई फसाएको भन्दै देउवाले झपारेपछि प्रचण्ड अक्क न बक्क भएका थिए।

देउवाले झपारेपछि रातो निलो भएर उनी बालुवाटारबाट बाहिरिए। बुधबार माओवादी र नेकपा एसले आफ्ना कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतारेर सुरक्षाकर्मीमाथि नै आक्रमण गराएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस आक्रोशित हुन पुगेको छ।

एमसीसीलाई अगाडि बढाउने र संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले इमान्दारिताका साथ काम गरेका थिए। तर, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सडकमा ओरालेर विरोध गरेपछि कांग्रेससँगको सम्बन्धमा खटपट भएको छ।

प्रधानमन्त्री देउवा रिसाएपछि माओवादीका अध्यक्ष दाहालले बालुवाटार पुगेर आफू पार्टीभित्र अफ्ठ्यारोमा परेको गुनासो गरेका छन्। उनले देउवासँग आफ्नो राजनीति बचाइदिन अनुनयविनय गरेका छन्।

दाहालले दाहाललाई राजनीतिमा इमान्दारिता देखाउन आग्रह गरेका छन्। माओवादीले संसदीय दलबाट गरेको एमसीसीविरुद्धको निर्णय निकै आपत्तिजनक छ । यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने माओवादीको निर्णय थियो।

एक्ला एक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए। दाहालले पार्टीमा अधिकांश एमसीसीको विपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको अडान राखेका थिए।

गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको देउवाले दाहालसँग कुरा गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा नेपालको छविमा नकारात्मक असर गर्ने देउवाले दाहाललाई बताएका छन्।

देउवाले वैदेशिक सहायता, अनुदानमा रोकावट आउनेभन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन्। अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्रा कोष, एसियाली विकास बैंकलगायतबाट प्राप्त हुने सहयोगमा समस्या हुने देउवाले उल्लेख गरेका छन्।

एमसीसी रोकियो भने भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्ने देउवाको चिन्ता छ। कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बाध्यता रहेकोमा देउवाले दाहाललाई सुनाएका छन्।

देउवाले दाहाललाई एमसीसीको विपक्षमा मतदान गरे पनि सरकारमा बस्न र गठबन्धन कायम राख्न सकिने सुझाव दिएका छन्। देउवाको सुझावपछि दाहालले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने बताएका छन्।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालका बीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो। गृहमन्त्री खाण उपस्थित भए पनि धेरै बेरसम्म अर्थमन्त्री शर्मा उपस्थित भएनन्।

प्रतिक्रिया