आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद बैठकले गर्यो एकाएक यस्तो निर्णय

प्रकाशित
729
SHARES

काठमाडौँ। सरकारले राष्ट्रिय प्रसारण ११औँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो नियमावली स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

त्यस्तै, सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ। त्यसैगरी निर्वाचन आयोगको परामर्शबमोजिम स्थानीय तहको निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ बमोजिम २०७९ वैशाख ३० गते सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय पनि गरेको छ।

सरकारले बर्डफ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

यस्तै, सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने निर्णय पनि भएको छ।त्यस्तै, डिजिटल प्रणालीमार्फत नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयन गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमाभित्र परेका तीनवटा घरटहराको राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

सरकारले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेस गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने।

लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा गर्ने।

अनि नियुक्ति तथा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ। सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको पनि कार्कीले जानकारी दिए।

तेस्तै, सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिए।

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यसैगरी, नायब महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्सदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद् बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेसनल एक्जुक्युटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा सिँचाइ सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ।

एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्यामसुन्दर यादव, भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ।

संक्रमण पशुरोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद् बैठकले दिएको मन्त्री कार्कीले बताए। तेस्तै राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ।

सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो। बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायबसुब्बा हिरानन्द पोख्रेलले बताए। दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ।

उनले भने, हाल निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन्। हालसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका अन्यले मतदान गरिसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

मतदान सकिनेबित्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ। निर्वाचनमा गठबन्धनका तर्फबाट तीनजना र नेकपा एमालेको तर्फबाट तीनजना उम्मेदवारले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया