आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इतिहासकै सबैभन्दा ठूला चोर पक्राउ, यसरी गरिएको थियो एक झट्कामा ५ खर्ब ४० अर्ब चोरी

प्रकाशित
1.2K
SHARES

एजेन्सी। अमेरिकाको न्याय विभागले एक विवाहित जोडीलाई पक्राउ गरेको छ। यसअघि गत हप्ता यो जोडीको साथबाट ३.६ बिलियन डलर मूल्य बराबरको बिटक्वाइन जफत गरिएको थियो।

जफत गरिएको बिटक्वाइनको मूल्य अहिलेसम्म ४.५ बिलियन डलर ५ खर्ब ४० अर्ब रुपैयाँ पुगिसकेको छ। यो जोडीले यो बिटक्वाइन २०१६ मा चोरी गरेका थिए। यो जोडी बिटक्वाइन ह्याकिङमा अत्यन्तै दक्ष मानिन्छन्।

६ वर्ष पहिले उनीहरुले यो बिटक्वाइन चोरी गरेका बेला त्यो बिटक्वाइनको मूल्य ७१ मिलियन डलर थियो। तर, ६ वर्षको अवधिमा त्यसको मूल्य बढेर साढे ४ बिलियन डलर पुगिसकेको छ।

अमेरिकाको न्याय विभागले यसलाई इतिहासकै सबेभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी भनेको छ। न्यूयोर्क टाइम्सका अनुसार जस्टिस डिपार्टमेन्टले ३४ वर्षका इलया लिचटेन्सटाइन र ३१ वर्षकी हीथर मोर्गनलाई पक्राउ गरिएको बताएको छ।

न्याय विभागका अनुसार उनीहरुबिरुद्ध १ लाख १९ हजार ७५४ बिटक्वाइन लण्ड्रिङको अभियोगमा आपराधिक मुद्दा दर्ता गरिएको थियो। यो बिटक्वाइन यी दुईले ६ वर्ष पहिले २०१६ मा हङकङको क्रिप्टो एक्सचेन्ज बिटफाइनेक्सबाट चोरी गरेका थिए।

बिटफाइनेक्स संसारकै सबेभन्द ठूला भर्चुअल करेन्सी एक्सचेन्जमध्ये एक हो। लिचटेन्सटाइन र मोर्गनले यो ह्याकिङ आफैं गरेका थिए वा अरुबाट गराएका थिए भन्ने प्रश्नको न्याय विभागले कुनै जवाफ दिएको छैन।

२०१६ मा यो चोरीले क्रिप्टोकरेन्सीको मूल्यमा नै ठूलो धक्का दिएको थियो। यो जोडीले ह्याकिङको माध्यमबाट यति ठूलो परिमाणमा बिटक्वाइन चोरी गरिदिएपछि क्रिप्टोकरेन्सीको सुरक्षामै गम्भीर प्रश्न उठेको थियो।

विश्वको सबैभन्दा ठूलो करेन्सी एक्सचेन्जमा क्रिप्टोकरेन्सी मार्केटको इतिहासको सबैभन्दा ठूलो चोरीका कारण बिटक्वाइनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो।

लिचटेन्सटाइन र मोर्गनलाई ह्यानहट्टनको संघीय अदालतमा मंगलबार दिउँसो पेश गरिएको थियो। न्यायाधीशले लिचटेन्सटाइनलाई ५ मिलियन डलर र मोर्गनलाई ३ मिलियन डलरको धरौटीमा रिहा गरेका छन्।

अमेरिकाकी डेप्युटी महान्यायाधीवक्ता लिसा ओ मोनाकोले आरोपी जोडीले चोरी गरिएको फंडको लण्ड्रिङको लागि चक्रव्युहजस्तो जाल बिच्छ्याएको आरोप लगाएकी थिइन्।

अदालती दस्तावेजका अनुसार बिटफाइनेक्सको सिस्टम ह्याक गर्ने व्यक्तिले १ लाख १९ हजार ७५४ बिटक्वाइनलाई लिचटेन्सटाइनको डिजिटल वालेटमा जम्मा गर्नुभन्दा पहिले २ हजार ट्रान्जेक्सनको जालको माध्यमबाट घुमाएका थिए।

त्यसपछि विगत ५ वर्षमा वालेटबाट करिब २५ हजार बिटक्वाइन निकाल्नको लागि पनि ट्रान्जेक्सनको निकै जटिल सिरिज तयार गरिएको थियो। चक्रव्युहजस्तो प्रणाली अपनाएर पनि अन्ततः यो जोडी आफ्नो गल्तीकै कारण समातिएका छन्।

यो जोडीले बिटक्वाइन बेचेर आएको पैसा आफ्नो वित्तिय खातामा जम्मा गराए। यो पैसाबाट सुन, नन फन्जीबल टोकन र वालमार्ट गिफ्ट कार्ड किनिए। जाँच अधिकारीहरुले उनीहरुको यो ट्रान्जेक्सनको जाँचबाट पैसाको स्रोत पत्ता लगाए।

यसका अलावा ब्लकचेनमा बिटक्वाइनको मुभमेन्टको माध्यमबाट डेस्टिनेसन सोर्स पत्ता लगाइयो।ब्लकचेन एक स्थायी विद्युतीय लेजर हो जसले बिटक्वाइनको रेकर्ड राख्छ ।

बिटक्वाइन हरेक पटक नयाँ डिजिटल वालेटमा जाँदा त्यसको रेकर्ड ब्लकचेनमा दर्ता हुन्छ। ३१ जनवरीमा जाँच अधिकारीहरुले सर्च वारेन्टको माध्यमबाट लिचटेन्सटाइनको क्लाउड स्टोरेज अकाउन्टको पहुँच हासिल गरे।

१ फेब्रुअरीमा अधिकारीहरुले ९५ हजार ६३६ बिटक्वाइन सीज गरेका छन् जो लिचटेन्सटाइनको वालेटमा थिए। डच निकनेमबाट चर्चित लिचटेन्सटाइनसँग अमेरिका र रुस दुवै देशको नागरिकता छ।

उनी आफ्नो परिचय प्रविधि व्यवसायीको रुपमा दिन्छन्। हिथर मोर्गनको लिंक्डइन पेजका अनुसार उनी उक सिरियल इन्टरप्रयोनर र कमेडिक र्यापर हुन्।

तेस्तै, अमेरिकी सरकार अन्तर्गतको एक उच्च पदमा नेपाली मुलका एक विद्धानको नियुक्ति भएको छ। अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकाससम्बन्धी एजेन्सी युएसएआईडीको सल्लाहकारमा नेपाली मुलका डा.मोहनबहादुर डाँगी नियुक्त भएका छन्।

उनले यही सातादेखि अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित युएस एडको मुख्यालय रोनाल्ड रेगन भवनमा सो पदको कार्यभार सम्हालेका छन्।

क्यालिफोर्नियाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी,फ्रेस्नोमा जोग्राफी एण्ड सिटी एण्ड रिजनल प्लानिंगका प्राध्यापकसमेत रहेका डा.डाँगी प्रतिष्पर्धाका आधारमा सो पदमा पुगेका हुन्। अमेरिकी सरकारको उच्च पदमा पुग्ने उनी शायद् पहिलो नेपाली मुलका व्यक्ति हुन्।

उनी ‘दिगो वातावरणीय सल्लाहकार’ को पदमा नियुक्त भएका छन्। यो पद युएसएडको व्यूरो अफ ह्युमेनिटेरियन एफियर्सअन्तर्गत पर्दछ । उनी फुलब्राइट युएस स्कलर अवार्डले यो वर्ष पनि सम्मानित भएका व्यक्ति हुन्।

नेपालको मध्यपश्चिम क्षेत्र दाङ का स्थायी वासिन्दा रहेका डा.डाँगीले दाङको नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नमूना माविबाट एसएलसी गरेका थिए भने काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आर्ईएस्सी पास गरेका थिए।

२०५१ सालमा अमेरिका आएका उनले वायोमिंगको सेन्ट्रल वयोमिङ कलेजबाट भौतिक विज्ञानमा एसोसिएट डिग्री, प्रेसिडेन्सियल स्कलरसिपमा कोलोराडो स्कूल अफ माइन्सबाट केमिकल इन्जिनियरिंगमा स्नातक र एशिसन स्टडिज एण्ड इन्टरनेशनल पोलिटिक्समा स्नातक गरेका थिए।

प्रतिक्रिया