आज : गते

ताजा शिर्षकहरु

फागुन ४ गते नेपाल बन्द, विज्ञप्तिसहित

प्रकाशित
1.4K
SHARES

काठमाडौं। सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने तयारी गरेको छ। देउवा सरकारको ज्यादतीबिरुद्ध आज नेपाल बन्दको घोषणा गरिएको छ।

सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।

यता एमसीसीको बिरोध गर्दै आएका विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसहितका दलहरुले आज ४ गते नेपाल बन्द आव्हान गरेको खबर यतिबेला भाइरल बनेको छ।

विप्लव नेतृत्वको नेकपा, बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहितका अन्य ४ वटा राजनीतिक दलका नेता कार्यकर्ताहरुले एमसीसीको चर्को विरोध गर्दै आज फागुन ४ गते नेपाल बन्दसहितको पर्चा सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल बनाएका छन्।

दे राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले भोलि फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेको हो।

यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको नेकपाका अध्यक्ष ऋषि कट्टेलले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा (विप्लव), नेकपा ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले घोषित कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्न जोड गरेको थियो।

तर मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने बन्दको कार्यक्रमबाट पछि हटेको छ। बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ।

भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ। तर भित्रा-भित्रै कार्यकर्ता परिचालन गरि सम्भावित तयारी पुरा गरेको बुझिएको छ।

नेपाल बन्दको खबर भाइरल बनिरहेका बेला यता देउवा सरकारले भने एमसीसी विरोधी प्रदर्शन चर्कन सक्ने भन्दै सो सम्भालाई लक्षित गर्दै नयाँ बानेश्वर स्थित संसद भवन वरपर थप सुरक्षा सतर्कता बढाएको छ।

खासमा विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी, र देशभक्त जनगणतान्त्रिक मोर्चा लगायत छन्।

नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा भोलि फाल्गुन ४ गते बुधबार देशैभर एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस र सभा हुँदैछ। काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध जुलुस प्रदर्शन गर्ने पक्का भएको छ।

तेस्तै संसद भवन अगाडि विरोधसभा गर्ने तयारी गरिएको छ। काठमाडौंको विरोध जुलुस र सभालाई आयोजक पार्टी र मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ।

विरोध जुलुस प्रदर्शन १२ बजेबाट सुरु हुने जनाइएको छ। सत्तारुढ गठबन्धनले भोलि नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि ६ पार्टी र २ मोर्चाले त्यसको विरोधमा जुलुस प्रदर्शन र विरोधसभाको आयोजना गरेका हुन्।

एमसीसीको खारेजीको पक्षमा रहेका अन्य पार्टी र समूहहरुले पनि विरोध प्रदर्शनको तयारी गरेको बुझिएको छ। ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले हालै जारी गरेको वक्तव्यमा भनिएको छ।

एमसीसी कम्प्याक्टका विरुद्ध नेपाली जनताको देशव्यापी खारेज आन्दोलन चल्दाचल्दै पनि देउवा सरकारले अमेरिकी मालिकको खातिरदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट एमसीसी पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरिराखेको छ।

नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरुद्ध आगामी फागुन ४ गते पारित गर्ने षड्यन्त्रलाई चक्नाचुर पार्न हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चा घोषित संघर्षको कार्यक्रमलाई सशक्त,

र हस्तक्षेपमूलक रुपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतामा सक्रिय सहभागिताको लागि विशेष आव्हान गर्दछौं।

विप्लव नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारी माओवादीले एमसीसी खारेजीकै संघर्षको क्रममा फागुन १ गते साँझ काठमाडौं उपत्यका लगायत जिल्ला जिल्लामा समेत मशाल जुलुस र विरोध कार्यक्रमहरु सम्पन्न गरेको थियो।

नेपाली काँग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ। मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन्।

एमसीसी टेबल हुन्छ। एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला। यो कार्यसूचीमा थपिनुपर्छ, बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने। संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आँकलन गरिएको छ।

प्रतिक्रिया