आज : गते

ताजा शिर्षकहरु

राष्ट्रपति भण्डारीलाई महाअभियोग तयारी, राजनीति नै तरंगित

प्रकाशित
1.6K
SHARES

काठमाडौ। सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो।मंगलबार विहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो। पार्टीको सर्वदलीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन्।

उनीहरुबीच विहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी, स्थानीय तहको निर्वाचन र एमालेले प्रधानन्याधीशलाई महाअभियोग दर्ता गरेर कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री देउवाले गत विहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ । नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग न्युयोर्क, जेनेभा र भियना र ३० देशमा दूतावास छन्।

कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री देउवा काँग्रेस संसदीय दलको बैठकका लागि बालुवाटारबाट निस्केका छन् । छलफलमा एमालेले अरु न्यायाधीश विरुद्ध महाअभियोग दर्ता गराए,

राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन पर्ने विषयमा पनि छलफल भएको श्रोतको दावि छ। आज एमालेले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीविरुद्ध महाअभियोग दर्ता गर्ने बताएको थियो।

यदी महाअभियोग दर्ता भए गठबन्धनले राष्ट्रपति विद्यादेवि भण्डारीलाई पनि महअभियोग लगाउने विषयमा छलफल भएको हो। स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कसरी लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो।

तेस्तै, अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ। सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो। विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन्।

प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो। प्रचण्ड र नेपाल दुवैले एमसीसीमा विरोध गरेकाले अपजस नलिने तर पारित गर्न देउवालाई रणनीतिक रुपमा साथ दिने भएका हुन्।

पहिलो चरणमा एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने सहमति बनिसकेको छ। सापकोटाले आफू अम्पायर मात्र भएको निर्णयकर्ता दलहरु भएको भन्दै संकेत गरिसकेका छन्।

एमसीसी टेबल भएपछि उपयुक्त समयमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी समेत भएको छ। एमसीसी टेबल भएपछि एमालेले सदन अवरुद्ध नगर्ने बुझाई समेत सत्ता गठबन्धनको छ।

एमसीसीमा विगतमा पक्षमा रहेको एमालेलाई अब विपक्षमा प्रस्तुत हुन अप्ठ्यारो नै छ। माओवादी र नेकपा एसले एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा अनुपस्थित जनाउने र उपस्थित संख्याको बहुमतबाट पारित गर्ने रणनीति समेत तयार भएको छ।

एमालेका सांसदहरु उपस्थित भएर पक्षमा बहुमत नपुग्ने भएमा नेकपा एस र माओवादीका आवश्यक मतहरु क्रस गरेर भएपनि एमसीसी पास गर्ने सम्मको तयारी भएको बुझिएको छ।

प्रचण्डले ‘छापामार शैली’ मा प्रधानन्ँयायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गराउन सकेको र एमसीसीमा पनि त्यही शैलीमा पारित गराउने अवस्था ल्याउनसक्ने सम्भावना पनि देखिएको छ।

प्रचण्डले सभामुखविरुद्ध सम्भावित हटाउने प्रस्ताव रोक्न सकेका छन्। अर्कोतर्फ, ओलीलाई अप्ठ्यारो पार्ने देखि संवैधानिक निकायमा ओली प्रधानमन्त्री हुँदा भएका नियुक्ति अदालतबाट बदर गराउने सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छन्।

अहिले प्रचण्डले छापामार शैलीमा ओलीलाई एकपछि अर्को अप्ठ्यारो पारिरहेका छन्। जनयुद्ध दिवसकै दिन १ फागुनमा प्रचण्डले छापामार शैलीमा ओलीमाथि प्रहार गर्न सके। यसबाट उनले एक तीरबाट धेरै शिकार गरेका छन्।

प्रतिक्रिया