आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व गृहमन्त्रीलाई कारवाही गर्न माग, यस्तो छ अभियोग

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीलाई कारवाही गर्न नेताहरुले माग गरेका छन्। नेता महेश बस्नेतले संगठन विभाग प्रमुख समेत रहेको अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका हुन्।

नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नुपर्ने नेता बस्नेतले माग गरेका हुन्।आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन्।

पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका छन्।

अधिकारीलाई सम्बोधन गर्दै उनले फेसबुकमार्फत् सोधेका छन्, पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?

युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?

एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

बस्नेतले अधिकारीलाई संगठन विभाग चलाउन अयोग्यको आरोप लगाउँदै जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेका हुन्। उनले भनेका छन्, छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईँ संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन्।

तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु। कास्कीका नेता अधिकारी र भक्तपुरका नेता बस्नेत दुवै जना अध्यक्ष ओलीका निकट मानिन्छन्।

पार्टी विभाजनका बेला उनीहरू ओलीको पक्षमा खुलेर लागेका थिए। पार्टी संगठनमा सदस्यता एवं जिम्मेवारीका रुपमा भने बस्नेतभन्दा अधिकारी पुराना र वरिष्ठ पनि हुन्।

तेस्तै,कोरोना भाइरसविरुद्धको खोपमा अनियमितता गरेको र झुटो अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा माग गरेको हो।कोरोनाविरुद्धको खोपमा भएको अनियमितताको तथ्य सरकारले ढाकछोप गर्न लागेको आरोप एमालेले लगाएको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले अनुदान र खरिदबाट प्राप्त गरेको २४ लाख खोपको हिसाबकिताब पनि एमालेले माग गरेको छ। खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ।

विज्ञप्तिमा भनिएको छ, ‘सिभिल अस्पताल बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ। झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भन्दै तत्काल राजीनामा गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।

केही दिनअघि एक अन्तर्वार्ताका क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका वेलामा आफूले खोप किनेर लगाएको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै एमालेले मन्त्री खतिवडाको उक्त भनाइको खण्डन गर्दै आइरहेको छ।

तेस्तै, एमाले नेता सूर्य थापाले माधव कु. नेपालका रोलमोडेल मन्त्रीको ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएको भन्दै एकै ठाउँमा बसेर सुन्न प्रधानमन्त्रीसहित गठबन्धनका पाँच नेतालाई सुझाउनु भएको छ।

मन्त्री आलेले सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की दिएको भन्दै थापाले तत्काल बर्खास्त गर्न पनि माग गर्नुभएको छ।

अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ १ थापाले भन्नुभएको छ,’

एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्१ पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो।

खासमा जे रोपियो, त्यही त फल्यो १ एउटा सुझाव(उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।यस्तो छ थापाको माग माधव कु।

नेपालका रोलमोडेल मन्त्रीको ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की।

अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ।

एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्१ पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो।

खासमा जे रोपियो, त्यही त फल्यो१ एउटा सुझाव उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस्।

र, श्री माधव कु। नेपाल महोदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीको कुर्सीमा राखेर पौने तीन करोड सभ्य नागरिकमाथि अझै कति र कस्तो शासन गरिरहनु हुन्छ ? कालो रूमालले मुख छोपेर हिड्न थालिहाल्नुहोस्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ