आज : गते

ताजा शिर्षकहरु

मन्त्री आलेलाई तत्काल बर्खास्त गर्न माग

प्रकाशित
1.4K
SHARES

काठमाडौं। एमाले नेता सूर्य थापाले माधव कु. नेपालका रोलमोडेल मन्त्रीको ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएको भन्दै एकै ठाउँमा बसेर सुन्न प्रधानमन्त्रीसहित गठबन्धनका पाँच नेतालाई सुझाउनु भएको छ।

मन्त्री आलेले सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की दिएको भन्दै थापाले तत्काल बर्खास्त गर्न पनि माग गर्नुभएको छ।अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने माग गरिएको छ।

हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ १ थापाले भन्नुभएको छ एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्१ पार्टी फुटाएर मन्त्री हुन।

भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो। खासमा जे रोपियो, त्यही त फल्यो १ एउटा सुझाव: उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस्।

यस्तो छ थापाको माग:  माधव कु। नेपालका रोलमोडेल मन्त्रीको एकीकृत समाजवादी पार्टी भाषा शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको ध’म्की।

अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ।

एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्१ पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो।

खासमा जे रोपियो, त्यही त फल्यो१ एउटा सुझाव उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस्। र, श्री माधव कुजी लाई पनि।

नेपाल महोदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीको कुर्सीमा राखेर पौने तीन करोड सभ्य नागरिकमाथि अझै कति र कस्तो शासन गरिरहनु हुन्छ ? कालो रूमालले मुख छोपेर हिड्न थालिहाल्नुहोस्।

तेस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आपत्ती जनक अडियो बाहिर आएको छ। मन्त्री आलेले अश्लिल शब्द बोलेको अडियो जगत् ओलीले सार्वजनिक गरेका हुन्।

अडियोमा मन्त्री आलेले पुरै अश्लिल शब्द बोलेका छन्। तर मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ।

निरन्तर रूपमा मन्त्री आले तथा नेकपा ९एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरिएको छ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया