आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधान सेनापति शर्माले कसलाई भेटे सुटुक्क ? अनुसन्धान विभाग प्रमुख एकाएक किन पुगे दिल्ली ?

प्रकाशित
718
SHARES

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल आइतबार दिल्ली भ्रमणमा आएका छन् । उनको भ्रमणलाई गोप्य राखिएको छ । दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा अनभिज्ञता जनाएका छन् ।

पुस २३ मा विभागको प्रमुख नियुक्त भएका खरेल आइतबार अपराह्न नेपाल एयरलाइन्सबाट दिल्ली आएका हुन् । दिल्लीमा उनको बसाइ तीन दिन रहने जनाइएको छ ।

भारतीय पक्षको निम्तामा तय गरिएको कार्यक्रममा उनी यता आएका हुन् । खरेलले दिल्लीस्थित दूतावासमा यसअघि काउन्सिलरका रूपमा केही वर्ष बिताएका थिए ।

प्रतिक्रिया