आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुख सोपकोटाविरुद्व महाअभियोग तयारी, के हो यथार्थ ?

प्रकाशित
585
SHARES

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ। अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा कीकृत समाजवादीका सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा एमालेले प्रतिरोध गर्ने निर्णय गरिसकको छ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको छ। सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेसँगै एमालेले समेत सभामुखमाथि महाअभियोग दर्ता गर्ने तयारी गरेको छ ।

एमालेले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको दाबी गर्दै आएको छ। सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

तेस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार न्याधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ।

एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए। एमालेसँग सल्लाह नगरी महाअभियोगको प्रस्ताव दर्ता गर्नमा राजनीतिक उद्देश्य देखिएकाले यसको राजनीतिक जवाफ आउन सक्ने खरेलको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश राणासहित न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, मिरा खड्का र दीपककुमार कार्कीको इजलासले ओलीको निर्णयलाई मान्यता दिएको थिएन।

यद्यपि, त्यसबेलाको संवैधानिक इजलासमा राणा संसद् विघटनको पक्षमा भए पनि बहुमत न्यायाधीश विपक्षमा रहेकाले उनको मत कमजोर बनेको थियो। राणाले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि,

न्यायापलिकाको गरिमा बचाउन नसकेको भन्दै नेपाल बार एसोसिएसनले राणाविरुद्ध आन्दोलन गरिरहँदा एमाले अध्यक्ष आलीलगायतका नेताहरूले राणा मात्रै नभई अन्य न्यायाधीशले समेत गम्भीर गल्ती गरेको भन्दै उनीहरूसमेत दोषी रहेको बताउने गरेका थिए।

तेस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गरेका छन्।आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताए।

अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर अब केही दिनमै पास गर्छौ भन्ने तर जनतालाई त्यस्तो हैन देशको अहितमा हामी छैनौं भन्ने दोहोरो चरित्र सरकारले देखाएको आरोपसमेत लगाए।

गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्‍यो’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको उनले बताए।नेपाली कांग्रेससका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रले सरकार देशप्रति कुनै संवेदनशील नरहेको पोखरेलको भनाइ छ।सरकार यतिबेला काठ काट्ने आरा जस्तो उता तान्दा नि काटिन्छ।

यता काट्दा पनि काटिन्छ जस्तै भएको छ। प्रचण्डको ढाडमा टेकेर टाउकामा हान्ने र अन्तरविरोधमा खेल्नेबानीका कारण आज यस्तो भयो,’ उनले भने, ‘अहिले नै हामी बोलेर हिँड्दैनौ, संसदमा लेऊ जे गछौं हामी गर्छौं।

पाँचदलीय गठबन्धन सरकारमा छलफल गरेर एमसीसी संसदमा टेबुल गर्न उनले सरकारलाई चुनौती पनि दिए। एमसीसीबारे एमालेको धारणा आउनुभन्दा गठबन्धन सरकारको धारणा के हो प्रष्ट पार्न पोखरेलले आग्रह गरे।एमाले उपाध्यक्ष पोखरेलले आजै इटहरी,

उपमहानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको समेत शिलान्यास गरेका छन् ।नौ करोडभन्दा बढी लागत अनुमान गरिएको भवन २०८० सालसम्म बनिसक्ने छ । उनले इटहरी १७ लविपुरमा बनेको पुलको समेत उद्घाटन गरेका छन्।

प्रतिक्रिया