आज : गते

ताजा शिर्षकहरु

चिनियाँ नेतालाई मृत्यु दण्ड, प्रधानमन्त्री ओलीले दिएका थिए रात्रीभोज

प्रकाशित
5.7K
SHARES

एजेन्सी। नेपाली प्रधानमन्त्रीसँग भेटेका चिनियाँ नेतालाई मृ’त्युद’ण्ड, एमाले अध्यक्ष केपी शर्मा बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिएका थिए।चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई अदालतले घु’स लिएको अभियोगमा मृ’त्युद’ण्डको फैसला सुनाएको छ।

सचिव चाओ चङ्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मु’छिएको आ’रोप पुष्टि भएसँगै यति ठूलो द’ण्ड सजायँ तोकिएको हो। १२ औं नेशनल पिपुल्स कँग्रेस संसद्को आन्तरिक तथा न्यायिक समितिका,

उपाध्यक्ष एवम् सान्सी ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहरका प्रान्तीय कमिटी सचिव चाओले थिए, न्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अ’परा’ध स्वीकारेको बताइन्छ।

प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ। साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै ज’फत गरेर आजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ।

तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिँ कतै पुनरावेदन भने नगर्ने बताएका छन्। चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए। उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिनुभएको थियो।

तेस्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो। उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्युदण्डको सजायँ सुनाइएको हो।

यो पनि : बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ।

बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ।

स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ। चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुनुु जरुरी हुनेछ।

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो।

चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ । बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ।

विमानस्थलका उप महाप्रबन्धक वेन वुले भन्नुभयो, “बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ।

वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताउनुभयो ।यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ।

देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,

मेला आयोजक समितिले जानकारी गराएको छ। तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ । तेस्तै,  पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ।

यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार,

अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं, पेंग्युले भने।

बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो।

चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले जनाएको छ।

चीनले भर्खरै कोभिड-१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ। चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ।

 

प्रतिक्रिया